अमेरिकासँग नझुक्ने चीनको रणनीति, अतिरिक्त शुल्क बढाएर १२५ प्रतिशत पुर्‍यायो

काठमाडौं । चीनले फेरि ए पटक अमेरिकाबाट आयात हुने उत्पादनहरूमा कर बढाएको छ । अब यो अतिरिक्त शुल्क १२५ प्रतिशत पुगेको छ । यसअघि बुधबार चीनले अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । चीनले लगाएको नयाँ भन्सार दर शनिबारदेखि लागू हुने बीबीसीले जनाएको छ । यद्यपि, चीनले यो पनि भनेको छ, “यदि अमेरिकाले […]

Apr 11, 2025 - 10:26
 0
अमेरिकासँग नझुक्ने चीनको रणनीति, अतिरिक्त शुल्क बढाएर १२५ प्रतिशत पुर्‍यायो

काठमाडौं । चीनले फेरि ए पटक अमेरिकाबाट आयात हुने उत्पादनहरूमा कर बढाएको छ । अब यो अतिरिक्त शुल्क १२५ प्रतिशत पुगेको छ ।

यसअघि बुधबार चीनले अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । चीनले लगाएको नयाँ भन्सार दर शनिबारदेखि लागू हुने बीबीसीले जनाएको छ ।

यद्यपि, चीनले यो पनि भनेको छ, “यदि अमेरिकाले यसपछि पनि कर बढायो भने पनि उसले बदला लिने छैन ।”

“यो मजाक बन्नेछ,” चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले थपे, “करले अमेरिकाको “धम्की र दबाब” थप पर्दाफास गर्नेछ ।”

चीन र अमेरिका बीच आक्रमण र प्रतिआक्रमण

गत हप्ता मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि थप ३४ प्रतिशत कर लगाउने घोषणा गरे । यो अप्रिल ९ मा लागू हुने भनिएको थियो, तर त्यसको केही घण्टा अघि ट्रम्पले अर्को ५० प्रतिशत ट्यारिफ बढाउने घोषणा गरे ।

प्रतिक्रियामा, चीनले बुधबार अमेरिकी सामानहरूमा ५० प्रतिशतले कर बढाएर ८४ प्रतिशत पुर्‍यायो ।

बिहीबार अमेरिकाले चीनमा १४५ प्रतिशत कर लगाउने घोषणा गर्‍यो र पारस्परिक करलाई एक समान १० प्रतिशत मा घटायो, जबकि अन्य देशहरूलाई ९० दिनको राहत दियो ।

सी चिनफिङको फोनको पर्खाइमा छन् ट्रम्प

अमेरिका र चीनबीचको व्यापार युद्धले विश्व अर्थतन्त्रमा पर्ने असर

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register