जडीबुटी प्रशोधन केन्द्रमा आगजनी गरेको आरोपमा थप एक पक्राउ

काठमाडौँ। गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा तोडफोड र आगजनी गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ बस्ने १८ वर्षीय रन्जित बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । हिंसात्मक प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले सीसीटिभी फुटेजबाट पहिचान गर्दै पक्राउ गरिरहेको छ। बस्नेतमाथि जडीबुटीस्थित सडकमा जडान […]

Apr 11, 2025 - 11:00
 0
जडीबुटी प्रशोधन केन्द्रमा आगजनी गरेको आरोपमा थप एक पक्राउ

काठमाडौँ।

गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा तोडफोड र आगजनी गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ बस्ने १८ वर्षीय रन्जित बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

हिंसात्मक प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले सीसीटिभी फुटेजबाट पहिचान गर्दै पक्राउ गरिरहेको छ।

बस्नेतमाथि जडीबुटीस्थित सडकमा जडान गरीएको ट्राफिक बत्ति, जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको कार्यालय र उक्त स्थानमा पार्किङ गरि राखेका सरकारी तथा निजी सवारी साधन तोडफोडसँगै आगजनी गर्ने कार्यमा संग्लग्न भएको आरोप छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register