सरकारले उद्योगी व्यवसायीको कुरा सुन्नु पर्छ : उपसभामुख दनुवार

उदयपुर ।  सरकारले देशका उद्यमी व्यवसायीहरु जो घरेलु तथा साना उद्योग व्यवसायमा संलग्न रहेका छन्  उनीहरुको कुरा सुनेर आवश्यक मागहरु पूरा गर्नेतर्फ ध्यान दिनु पर्ने कुरामा जोड दिएका छन् । शुक्रबार उदयपुरको गाईघाटमा नेपाल घरेलु तथा साना उद्योग महासंघको ११ औँ जिल्ला अधिवेसन तथा जिल्ला महिला उद्यमीहरुको ८ औँ सम्मेलनलाई प्रमुख अतिथिका रुपमा मन्तव्य दिँदै […]

Apr 11, 2025 - 12:53
 0
सरकारले उद्योगी व्यवसायीको कुरा सुन्नु पर्छ : उपसभामुख दनुवार

उदयपुर ।

 सरकारले देशका उद्यमी व्यवसायीहरु जो घरेलु तथा साना उद्योग व्यवसायमा संलग्न रहेका छन्  उनीहरुको कुरा सुनेर आवश्यक मागहरु पूरा गर्नेतर्फ ध्यान दिनु पर्ने कुरामा जोड दिएका छन् ।

शुक्रबार उदयपुरको गाईघाटमा नेपाल घरेलु तथा साना उद्योग महासंघको ११ औँ जिल्ला अधिवेसन तथा जिल्ला महिला उद्यमीहरुको ८ औँ सम्मेलनलाई प्रमुख अतिथिका रुपमा मन्तव्य दिँदै व्यक्तिगत लगानीमा उद्यम व्यवसाय सञ्चालन गरिरहेका अवस्थामा नाफा नहुने घाटामा जाने अवस्था रहेको हुँदा यस विषयमा सरकारले विशेष ध्यान दिएर उद्यमीहरुलाई सहयोग गर्न पर्ने बताए ।

उपसभामुख दनुवारले उद्यमी व्यवसायीको गुनासो , मागको सम्बोधन प्रदेश सरकारको मन्त्रलयमा लैजान सक्नु पर्छ । उद्यमी व्यवसायीको हरेक प्रकारका समस्या समाधानमा सरकारले सहयोग गर्नु पर्ने र बजार व्यवस्थापनमा आवश्यक पहल गरेर उत्पादनलाई बजारसम्म लैजान तीनै तहका सरकारले सहयोग गर्नु पर्ने बताए ।

सो कार्यक्रममा प्रदेशसभा सदस्य गीता रेग्मीले नेपाल घरेलु तथा साना उद्योग महासंघको समस्या भनेको देशका उद्यमीहरुको समस्या भएकोले देश विकासका बाहकहरुको समस्या सरकारले पूरा गर्नु पर्ने कुरामा जोड दिइन् ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले पनि उद्यमीहरुको उत्पादनले बजार नपाएको, उद्योग धन्दा फस्टाउन नसकेको लगायतका समस्याहरु रहेकोले यी समस्याहरु समाधानको बाटो पहिल्याउनु पर्ने बताए ।

नेपाल  घरेलु तथा साना उद्योग महासङ्घका उदयपुर अध्यक्ष मधुकर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय महासचिव डम्बर घिमिरे, केन्द्रीय सदस्य भरत थापा, जिल्ला महिला उद्यमी अध्यक्ष विना राई लगायतका वक्ताहरुले शुभ कामना मन्तव्य दिएका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register