नेपालमा राजतन्त्रको सम्भावना छैन : प्रवक्ता महत

महेन्द्रनगर । नेपाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा राजतन्त्रको कुनै सम्भावना नरहेको बताएका  छन्। जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताको बलिदान, त्याग र तपस्याले प्राप्त उपलब्धिमा देखिएका विकृति सच्याउन दबाबमूलक कार्यक्रम हुनुपर्नेमा व्यवस्था उल्टयाउने गतिविधि स्वीकार्य नरहने बताए । उनले संवैधानिक रुपमा राजा फर्किने कुनै सम्भावना नरहेको र राप्रपा बाहेकका सबै दल एक रहेकाले […]

Apr 11, 2025 - 15:35
 0
नेपालमा राजतन्त्रको सम्भावना छैन : प्रवक्ता महत

महेन्द्रनगर । नेपाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा राजतन्त्रको कुनै सम्भावना नरहेको बताएका  छन्।

जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताको बलिदान, त्याग र तपस्याले प्राप्त उपलब्धिमा देखिएका विकृति सच्याउन दबाबमूलक कार्यक्रम हुनुपर्नेमा व्यवस्था उल्टयाउने गतिविधि स्वीकार्य नरहने बताए । उनले संवैधानिक रुपमा राजा फर्किने कुनै सम्भावना नरहेको र राप्रपा बाहेकका सबै दल एक रहेकाले विना आधारको हल्लामा नपर्न सबैमा आग्रह गरे ।

नेता महतले विसं २०१५ मै हुलाकी राजमार्गको अवधारणा ल्याएर तराई मधेसको जीवनरेखाका रुपमा अघि सारेको स्मरण गराउँदै कमला र बागमती नदीमा निर्माण हुन बाँकी पुलहरु बनेपछि हुलाकी राजमार्गको काम सम्पन्न हुने बताए ।

वर्तमान काङ्ग्रेस–एमाले गठबन्धन सरकारले जनताको पक्षमा काम गरिरहेको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register