कोशी प्रदेश पर्यटन वर्षः २०८२ सुरक्षा जाँच तथा स्टीकर टाँस कार्यक्रमको शुभारम्भ

झापा, २९ चैत । कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सहकार्यमा कोशी प्रदेश पर्यटन वर्ष–२०८२ लाई लक्षित गरी सुरक्षा जाँच तथा स्टीकर टाँस कार्यक्रमको शुभारम्भ भएको छ । चैत २९ गते विराटनगर महानगरपालिका–१५ स्थितमा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा कोशीको गौरव हिमालको [...] The post कोशी प्रदेश पर्यटन वर्षः २०८२ सुरक्षा जाँच तथा स्टीकर टाँस कार्यक्रमको शुभारम्भ appeared first on Jhapa Online.

Apr 11, 2025 - 16:32
 0
कोशी प्रदेश पर्यटन वर्षः २०८२ सुरक्षा जाँच तथा स्टीकर टाँस कार्यक्रमको शुभारम्भ

झापा, २९ चैत । कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सहकार्यमा कोशी प्रदेश पर्यटन वर्ष–२०८२ लाई लक्षित गरी सुरक्षा जाँच तथा स्टीकर टाँस कार्यक्रमको शुभारम्भ भएको छ ।

चैत २९ गते विराटनगर महानगरपालिका–१५ स्थितमा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान भन्ने मुल नाराका साथ सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि कार्कीले पर्यटन वर्ष २०८२ लाई लक्षित गरी भारतबाट भ्रमणको लागि नेपाल आउनुभएका भारतिय पर्यटक सवार सवारी साधनहरुमा स्टिकर टाँस गर्नु भई कार्यक्रमको शुभारम्भ गर्नु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कार्कीले कोशी प्रदेश पर्यटन वर्ष २०८२ को औपचारिक रुपमा उद्‍घाटन भइसकेको र विभिन्न कार्यक्रममध्ये सुरक्षा जाँच तथा स्टिकर टाँस कार्यक्रम पनि एक रहेको बताउनु हुँदै विभिन्न उद्देश्य लिएर नेपाल भ्रमणको लागि आउनु हुने पर्यटकहरुले सहज रुपमा नेपाल भ्रमण गरी आफ्नो गन्तव्यसम्म पुग्ने वातावरणको सिर्जना गरी सत्कार र सम्मानका साथ समस्याको पहिचान गरी गुणस्तरीय सुरक्षा प्रदान गर्न तथा नेपालको भविष्य जोडिएको पर्यटन क्षेत्रको माध्यमबाट मुलुकलाई सम्पन्न र समृद्ध बनाउनको निम्ति सुरक्षा जाँच तथा स्टीकर टाँस कार्यक्रमको शुभारम्भ गरिएको बताउनुभयो ।

उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले सवारी साधनमा नेपाल आउनुहुने पर्यटकहरुले यातायात कार्यालयको खोजी गर्दै हिड्नु नपर्ने तथा नेपाल प्रवेशको पहिलो विन्दुमा नै सवारी साधनमा टाँस गरीएको स्टिकरले प्रदेशका बिभिन्न स्थानमा सहजरुपमा भ्रमण गर्न सहजता हुने बताउनुभयो ।

कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्री सादनन्द मण्डलले नेपाल भ्रमणको लागि आउनु हुने पर्यटकहरुलाई कानूनले बर्जित गरेको भन्दा बाहेक अन्य कुनै किसिमको कठिनाई हुन नदिन अतिथि देबो भवःलाई साकार पार्न सुरक्षा जाँच तथा स्टीकर टाँस कार्यक्रमको शुभारम्भ गरिएको बताउनु भयो ।

कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर, कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, प्रदेश सचिव राम प्रसाद शर्मा, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी लगायत प्रदेश स्तरिय सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, संचारकर्मीहरु तथा स्थानियबासीहरुको उपस्थिति रहेको थियो ।

मोरङको विराटनगर,रानी सिमा नाका, झापाको काँकरभिट्टा, सुनसरीको कोशीव्यारेज र इलामको पशुपतिनगर नाकाहरुबाट भारत लगायत तेस्रो मुलुकबाट नेपाल भित्रिने पर्यटक सवार सवारी साधनहरुमा स्टिकर टाँस गरिने छ ।

The post कोशी प्रदेश पर्यटन वर्षः २०८२ सुरक्षा जाँच तथा स्टीकर टाँस कार्यक्रमको शुभारम्भ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register