मेचीनगरको बाहुनडाँगीमा तरुल उत्सव, माघेसङ्क्रान्तिमा विविध कार्यक्रम हुने

झापा, १५ पुस । घेसङ्क्रान्तिको अवसर पारेर मेचीनगर नगरपालिका–४, बाहुनडाँगीमा पुस २९ गतेदेखि माघ १ गतेसम्म ‘तरुल उत्सव’ हुने भएको छ। मानव–हात्ती द्वन्द्वको सामना गर्दै आएका स्थानीयले नोक्सानी नगर्ने बालीका रूपमा तरुलखेती सुरु गरेपछि तरुलको संरक्षण र प्रवर्द्धन गर्न यो उत्सव आयोजना हुँदै आएको छ। वडाध्यक्ष अर्जुन कार्कीका अनुसार, उत्सवले पर्यावरणमैत्री अर्गानिक खेतीलाई प्रोत्साहन गर्नुका [...] The post मेचीनगरको बाहुनडाँगीमा तरुल उत्सव, माघेसङ्क्रान्तिमा विविध कार्यक्रम हुने appeared first on Jhapa Online.

Dec 30, 2024 - 09:13
 0
मेचीनगरको बाहुनडाँगीमा तरुल उत्सव, माघेसङ्क्रान्तिमा विविध कार्यक्रम हुने

झापा, १५ पुस । घेसङ्क्रान्तिको अवसर पारेर मेचीनगर नगरपालिका–४, बाहुनडाँगीमा पुस २९ गतेदेखि माघ १ गतेसम्म ‘तरुल उत्सव’ हुने भएको छ। मानव–हात्ती द्वन्द्वको सामना गर्दै आएका स्थानीयले नोक्सानी नगर्ने बालीका रूपमा तरुलखेती सुरु गरेपछि तरुलको संरक्षण र प्रवर्द्धन गर्न यो उत्सव आयोजना हुँदै आएको छ।

वडाध्यक्ष अर्जुन कार्कीका अनुसार, उत्सवले पर्यावरणमैत्री अर्गानिक खेतीलाई प्रोत्साहन गर्नुका साथै ग्रामीण पर्यटन प्रवर्द्धनमा योगदान गर्दै आएको छ। यस वर्ष उत्सवमा तरुलका विभिन्न प्रजातिको प्रदर्शनी, मानव–हात्ती द्वन्द्व न्यूनीकरणबारे छलफल, र कोशी प्रदेश तथा भारतका आगन्तुकहरूको सहभागिता हुने अपेक्षा गरिएको छ।

स्वास्थ्यवद्र्धक फाइबरले भरिपूर्ण तरुलले पाचन समस्याको समाधानमा औषधिजन्य भूमिका खेल्ने भएकाले यसको महत्व बढ्दै गएको छ। स्थानीयले सिमल तरुल, घरतरुल, वनतरुल, पतालेतरुल र पिँडालुजस्ता जातका तरुल व्यावसायिक रूपमा उत्पादन गरिरहेका छन्। हात्तीबाट धान, मकै, कोदोजस्ता परम्परागत बाली जोगाउन नसकेपछि यहाँका बासिन्दाले तरुलसँगै चिया, सुपारी, कागतीजस्ता नगदेबालीलाई प्राथमिकता दिन थालेका छन्।

The post मेचीनगरको बाहुनडाँगीमा तरुल उत्सव, माघेसङ्क्रान्तिमा विविध कार्यक्रम हुने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register