पीएसजीले रच्यो नयाँ कीर्तिमान, यी हुन् फराकिलो गोलअन्तरका पाँच फाइनल

काठमाडौं । च्याम्पियन्स लिगको फाइनल भन्नासाथ धेरै फुटबलप्रेमीदाई अत्यधिक तनाव, रोमाञ्चक प्रतिस्पर्धा र साँधुरो अन्तरको जित–हारका क्षणहरू सम्झना आउँछ । तर प्रतियोगिताको इतिहासमा केही फाइनल भने एकतर्फी ‘थ्र्याशिङ’को रुपमा पनि दर्ज भएका छन् । सन् १९६० मा स्कटल्यान्डको ग्लास्गोस्थित ऐतिहासिक ह्याम्पडेन पार्क रंगशालामा भएको फाइनल सबैभन्दा सम्झन लायक छ । जहाँ स्पेनिस महारथी रियल म्याड्रिडले […]

Jun 1, 2025 - 12:40
 0
पीएसजीले रच्यो नयाँ कीर्तिमान, यी हुन् फराकिलो गोलअन्तरका पाँच फाइनल

काठमाडौं । च्याम्पियन्स लिगको फाइनल भन्नासाथ धेरै फुटबलप्रेमीदाई अत्यधिक तनाव, रोमाञ्चक प्रतिस्पर्धा र साँधुरो अन्तरको जित–हारका क्षणहरू सम्झना आउँछ । तर प्रतियोगिताको इतिहासमा केही फाइनल भने एकतर्फी ‘थ्र्याशिङ’को रुपमा पनि दर्ज भएका छन् ।

सन् १९६० मा स्कटल्यान्डको ग्लास्गोस्थित ऐतिहासिक ह्याम्पडेन पार्क रंगशालामा भएको फाइनल सबैभन्दा सम्झन लायक छ । जहाँ स्पेनिस महारथी रियल म्याड्रिडले जर्मनीको इन्ट्राख्ट फ्रान्कफर्टलाई ७–३ को फराकिलो अन्तरले हराउँदै युरोपियन कप (हालको च्याम्पियन्स लिग)को इतिहासमै सबैभन्दा ठूलो जित हात पारेको थियो । त्यो समय रियल म्याड्रिडका लागि सुनौलो युग थियो । क्लबले प्रतियोगिताको पहिलो चार संस्करण जितिसकेको थियो र स्कटल्यान्डमा भएको त्यो रात उनीहरूको गौरवशाली इतिहासको विशेष क्षण बन्यो ।

च्याम्पियन्स लिग फाइनलमा त्यसपछि पनि केही उल्लेखनीय फराकिला जितहरू देखिएको छ । उदाहरणका लागि सन् १९९४ मा इटालियन क्लब एसी मिलानले स्पेनिस महारथी बार्सिलोनालाई ४–० ले हराएको खेललगायतलाई लिन सकिन्छ । यस्तै सन् १९७४ मा जर्मन महारथी बायर्न म्युनिखले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई ४–१ ले पराजित गरेको थियो । यसैगरी २००४ मा पोर्चुगिज क्लब पोर्टोले फ्रेन्च टोली मोनाकोलाई ३–० ले हराएको थियो ।

तर यी सबै नतिजालाई पछि पार्दै, सन् २०२५ को च्याम्पियन्स लिग फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले इटालियन क्लब इन्टर मिलानलाई ५–० ले पराजित गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । म्युनिखको अलियान्ज एरिनामा आइतबार बिहान सम्पन्न उक्त खेलमा स्पेनिस प्रशिक्षक लुइस एनरिकेको प्रशिक्षकत्वमा पीएसजीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिता इतिहासकै सबैभन्दा फराकिलो अन्तरको जित दर्ता गरेको हो ।

यो जितसँगै पीएसजीले आफ्नो पहिलो युरोपियन च्याम्पियनको उपाधि पनि जितेको छ । डेसिरे डोए, सेन्नी मायुलु लगायतका टोलीका युवा खेलाडीहरूको उत्कृष्ट योगदान यस ऐतिहासिक जितको मुख्य कारण बन्यो ।

च्याम्पियन्स लिग फाइनलका सन्दर्भमा यो जित अबसम्मकै सबैभन्दा ठूलो थ्र्याशिङको रुपमा दर्ज भएको छ ।

पेरिसमा पुलिस र पीएसजीका समर्थकहरूबीच झडप, करिब ३०० जना पक्राउ

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register