आफ्ताव आलमलाई न्याय दिने न्यायाधीशविरुद्ध नै उजुरी !

काठमाडौँ । पूर्वमन्त्री मोहम्मद आफ्ताव आलम लगायतलाई सफाई दिने न्यायाधीशहरु विरुद्ध न्यायपरिषदमा उजुरी परेको छ । न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानविन गर्नुपर्ने माग गर्दै युवराज पौडेलले परिषदमा उजुरी दिएका हुन् । उनीहरु पदमा रहँदा न्यायसम्पादन नै प्रभावित हुनसक्ने भन्दै उनीहरुलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने उनले माग गरेका छन् । बम विस्फोट गरी […]

May 30, 2025 - 08:53
 0
आफ्ताव आलमलाई न्याय दिने न्यायाधीशविरुद्ध नै उजुरी !

काठमाडौँ । पूर्वमन्त्री मोहम्मद आफ्ताव आलम लगायतलाई सफाई दिने न्यायाधीशहरु विरुद्ध न्यायपरिषदमा उजुरी परेको छ । न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानविन गर्नुपर्ने माग गर्दै युवराज पौडेलले परिषदमा उजुरी दिएका हुन् ।

उनीहरु पदमा रहँदा न्यायसम्पादन नै प्रभावित हुनसक्ने भन्दै उनीहरुलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने उनले माग गरेका छन् ।

बम विस्फोट गरी व्यक्तिको हत्या गरेको आरोपमा जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालत वीरगञ्ज इजलासले जेठ १४ गते आलमलाई सफाइ दिएको हो ।

उक्त घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register