अवकाश प्राप्त कर्मचारीलाई अनिवार्य २ वर्षको कुलिङ पिरियड आवश्यक : शेखर कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवामा कम्तिमा दुई वर्ष कुलिङ पिरियड राख्नुपर्ने बताएका छन् । स्वार्थको द्वन्द्व कम गर्न र पारदर्शिता बढाउनका लागि २ वर्षको कुलिङ पिरियड आवश्यक रहेको उनले बताएका हुन् । ‘कम्तीमा दुई वर्षको कुलिङ समय राख्नु पर्दछ । यसले पारदर्शिता बढाउने र कन्फिल्क्ट अफ इन्ट्रेस्टलाई कम गर्न मद्दत […]

Apr 13, 2025 - 06:08
 0
अवकाश प्राप्त कर्मचारीलाई अनिवार्य २ वर्षको कुलिङ पिरियड आवश्यक : शेखर कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवामा कम्तिमा दुई वर्ष कुलिङ पिरियड राख्नुपर्ने बताएका छन् ।

स्वार्थको द्वन्द्व कम गर्न र पारदर्शिता बढाउनका लागि २ वर्षको कुलिङ पिरियड आवश्यक रहेको उनले बताएका हुन् । ‘कम्तीमा दुई वर्षको कुलिङ समय राख्नु पर्दछ । यसले पारदर्शिता बढाउने र कन्फिल्क्ट अफ इन्ट्रेस्टलाई कम गर्न मद्दत गर्दछ ।’

 सरकारी कर्मचारी सेवानिवृत्त भएको २ वर्षसम्म संवैधानिक वा कूटनीतिक नियुक्तिमा निषेध गर्नुपर्ने बहस भइरहेको छ । यद्यपी निजामति विधेयकमा कुलिङ पिरियडलाई कर्मकाण्डी बनाउन खोजेको भन्दै आलोचना भइरहेको छ ।
।  निजामती सेवाको उच्च पदबाट अवकाश भएपछि न्यायाधीश, राजदूत, एनजीओ र आईएनजीओमा जागिर खाने बाटो खुलै राख्ने तयारी भइरहेको छ । हाल कुलिङ पिरियड १ वर्ष राखेर कानुन प्रस्ताव गरिएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register