पुरानो मुद्दा टुङ्ग्याइदिन माग गर्दै प्राधिकरणका नयाँ कार्यकारी निर्देशक शाक्य पनि गए सर्वोच्च

काठमाडौं । पुरानो मुद्दा टुङ्ग्याइदिन माग गर्दै नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि सर्वोच्च अदालत गएका छन् । आफैँले सर्वोच्चमा हालेको चार वर्ष पुरानो मुद्दा पहिला टुङ्गो लगाउन माग गर्दै शाक्यले बुधबार रिट निवेदन दिएको उनीनिकट स्रोतले जनाएको छ । यस्तै बुधबार नै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध कुलमान […]

Mar 26, 2025 - 12:32
 0
पुरानो मुद्दा टुङ्ग्याइदिन माग गर्दै प्राधिकरणका नयाँ कार्यकारी निर्देशक शाक्य पनि गए सर्वोच्च

काठमाडौं । पुरानो मुद्दा टुङ्ग्याइदिन माग गर्दै नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि सर्वोच्च अदालत गएका छन् ।

आफैँले सर्वोच्चमा हालेको चार वर्ष पुरानो मुद्दा पहिला टुङ्गो लगाउन माग गर्दै शाक्यले बुधबार रिट निवेदन दिएको उनीनिकट स्रोतले जनाएको छ ।

यस्तै बुधबार नै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च पुगेका थिए ।

दुवैको निवेदन रुजु गर्ने प्रक्रियामा रहेकाले बिहीबार मात्र दर्ता हुने सर्वोच्च स्रोतले जनाएको छ ।

सरकारले सोमबार मात्रै घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो ।

बर्खास्तविरुद्ध कुलमान सर्वोच्चमा

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register