डान्स बहादुरको ठगी धन्दाः अमेरिका पठाउने भन्दै १० लाख ‘झ्वाम’, अन्ततः पुगे प्रहरीको ‘खोर’मा !

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  नवलपरासी (वर्दघाट सुस्ता पुर्व) जिल्ला मध्यविन्दु नगरपालिका वडा नं. ११ घर भई हाल टोखा नगरपालिका भण्डारी टोल बस्ने ४२ वर्षीय डान्स बहादुर उचै र सर्लाही जिल्ला लालबन्दि नगरपालिका वडा नं.  ५ घर भई हाल भक्तपुर […]

Apr 14, 2025 - 09:58
 0
डान्स बहादुरको ठगी धन्दाः अमेरिका पठाउने भन्दै १० लाख ‘झ्वाम’, अन्ततः पुगे प्रहरीको ‘खोर’मा !

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  नवलपरासी (वर्दघाट सुस्ता पुर्व) जिल्ला मध्यविन्दु नगरपालिका वडा नं. ११ घर भई हाल टोखा नगरपालिका भण्डारी टोल बस्ने ४२ वर्षीय डान्स बहादुर उचै र सर्लाही जिल्ला लालबन्दि नगरपालिका वडा नं.  ५ घर भई हाल भक्तपुर लोकन्थली बस्ने २३ वर्षीय सुमन राना रहेका छन् ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले चैत ३१ गते पक्राउ गरेको हो । पक्राउ परेका उचैले १ जनालाई अमेरिका पठाउने भन्दै १० लाख रुपैयाँ ठगी गरेका थिए ।

प्रहरीका अनुसार उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाउने भन्दै रकम लिएर सम्पर्कविहिन हुँदै आएका थिए । पीडितहरुले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हाल भने उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register