गभर्नर अधिकारीको कार्यकाल सकियो, बिदा हुनुअघि पत्रकार सम्मेलन 

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आज सकिँदैछ । गभर्नर अधिकारीको ६ वर्षे कार्यकाल आज (चैत २२ गते) सकिने भएको हो ।  यसो त गभर्नर अधिकारीको कार्यकाल चैत २४ गते सकिने भनिए पनि २३ गते शनिबार र २४ गते रामनवमी पर्वको सार्वजनिक बिदा परेकाले गभर्नरको कार्यकालको अन्तिम दिन २२ गते बनेको हो । […]

Apr 4, 2025 - 05:45
 0
गभर्नर अधिकारीको कार्यकाल सकियो, बिदा हुनुअघि पत्रकार सम्मेलन 

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आज सकिँदैछ । गभर्नर अधिकारीको ६ वर्षे कार्यकाल आज (चैत २२ गते) सकिने भएको हो । 

यसो त गभर्नर अधिकारीको कार्यकाल चैत २४ गते सकिने भनिए पनि २३ गते शनिबार र २४ गते रामनवमी पर्वको सार्वजनिक बिदा परेकाले गभर्नरको कार्यकालको अन्तिम दिन २२ गते बनेको हो ।

गभर्नरका रुपमा पाँच वर्ष व्यतीत गरेपछि राष्ट्र बैंकबाट जाँदाजाँदै अधिकारीले पत्रकार भेटघाट कार्यक्रम राखेका छन् । भेटघाटमा गभर्नर अधिकारले आफ्नो कार्यकालको समीक्षा गर्ने कार्यक्रम रहेको बताइएको छ । 

राष्ट्र बैंकबाट गभर्नर अधिकारी बिदा भएपछि नियमित प्रशासनिक कामकाज बरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगानाले सम्हाल्नेछिन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register