आरजीएनएसले मनायो नेपाली नयां वर्षसंगै दशौं स्थापना दिवस

लन्डन– साउथ इष्ट लन्डनस्थित रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी (आरजीएनएस) ले स्थापनाको दशौं वर्षगाँठ मनाएको छ। नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा आइतबार वुल्वीच स्टेसन रोडस्थित बेन्थाम हाउसको माउड्स्ले सुइटमा विशेष कार्यक्रमसहित स्थापना दिवस मनाइएको हो । आरजीएनएस अध्यक्ष लिलादेवी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा शुभकानमा आदानप्रदानका साथै विभिन्न कलाकारबाट मनोरञ्जनात्मक […]

Apr 14, 2025 - 14:06
 0
आरजीएनएसले मनायो नेपाली नयां वर्षसंगै दशौं स्थापना दिवस

लन्डन– साउथ इष्ट लन्डनस्थित रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी (आरजीएनएस) ले स्थापनाको दशौं वर्षगाँठ मनाएको छ।

नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा आइतबार वुल्वीच स्टेसन रोडस्थित बेन्थाम हाउसको माउड्स्ले सुइटमा विशेष कार्यक्रमसहित स्थापना दिवस मनाइएको हो ।

आरजीएनएस अध्यक्ष लिलादेवी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा शुभकानमा आदानप्रदानका साथै विभिन्न कलाकारबाट मनोरञ्जनात्मक प्रस्तुतिहरु गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि स्थानीय रोयल बरो अफ ग्रीनवीचका मेयर एवम् संस्थाका पूर्व अध्यक्ष जीत रानाभाटले दशौं स्थापना दिवसको शुभकानमा व्यक्त गरे । ग्रीनवीच बरो र आसपासका क्षेत्रमा बस्ने नेपालीहरुको प्रतिनिधि संस्थाका रुपमा आरजीएनएसले गौरव गर्न लायक उपलब्धि हासिल गरेको उनले बताए ।

स्थानीय नेपाली समुदायको हित र विकासका लागि आरजीएनएसले भावी दिनमा अझ बढी सक्रिय र प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्दै ग्रीनवीच बरोका तर्फबाट आवश्यक सहकार्य र सहयोगको प्रतिवद्धता जनाए।

शुभकामना मन्तव्य दिंदै ग्रीनवीच गोर्खा एक्स सर्भिसमेन एशोसिएसन (जिगेसा) अध्यक्ष हरिकुमार मल्लले आरजीएनस स्थापनाको लक्ष्यअनुसार साउथ इष्ट लन्डनको सिंगो नेपाली समुदाय र संघसंस्थाहरुको वास्तविक प्रतिनिधित्व गराउन सुझाव दिए ।

सो अवसरमा एनसिआई यूके अध्यक्ष मोहन गुरुङले आरजीएनएस स्थापनको सन्दर्भ स्मरण गर्दै संस्थाले स्थापनाका दशौं वर्ष पूरा गरेको खुशी व्यक्त गरे । सो अवसरमा दाङको शान्तिनगर गाउँपालिका प्रमुख प्रमोद बस्नेत, नेपाल पत्रकार महासंघ यूके निवर्तमान अध्यक्ष ध्रुवराज अर्याल, तमुधिं साउथ इष्ट अध्यक्ष पिके लामा, आरजीएनएस संस्थापक सल्लाहकार एलएन पान्डे, बेक्सली नेपाली समाज उपाध्यक्ष कमल गुरुङलगायतले आरजीएनएसको दशौं स्थापना दिवसका अवसरमा बधाई तथा शुभकामना दिएका थिए ।

आरजीएनएस अध्यक्ष लिलादेवी गुरुङले संस्था स्थापना गरी सफलतापूर्वक दशौं वर्षसम्म ल्याउन योगदान गर्ने सबै अग्रज एवम अभियन्ताप्रति आभार प्रकट गरिन् । संस्थाको लक्ष्य र उद्धेश्यअनुसार काम गर्दै अघि बढ्न वर्तमान कार्यसमिति कटिबद्ध रहेको उनले जनाइन् । दशौं वार्षिकोत्सव कार्यक्रमका सबै सहभागी तथा सहयोगीलाई पनि अध्यक्ष गुरुङले धन्यवाद दिइन् ।

सो अवसरमा दशौं स्थापना दिवसका अवसरमा संस्थालाई महत्वपूर्ण योगदान पुर्याउने सल्लाहकार मोहन गुरुङ र मायारानी गुरुङलाई विशेष सम्मान गरिएको थियो ।
आरजीएनएस महासचिव ह्यारी गुरुङले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सुरोज मास्केले स्वागत मन्तव्य दिएका थिए ।

उपाध्यक्ष सुरोज मास्केले सञ्चालन गरेको कार्यक्रमको दोस्रो सत्रमा नेपालबाट आएकी गायिका भूमिका शाहले सांगीतिक प्रस्तुति दिएकी थिइन्। त्यसअवसरमा स्थानीय कलाकारहरु भावना बुढाथोकीलगायतले आकर्षक नृत्यहरु देखाएका थिए।

कार्यक्रममा बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ, पशुपतिनाथ मदिरका अध्यक्ष गोपाल अर्याल र पण्डित निलहरि घमिरे, नेप्लिज् यूथ एशोसिएसन यूके अध्यक्ष लछुमन गुरुङ, अन्तरराष्ट्रिय धादिङ समाज अध्यक्ष राजन खकुराल, जनसम्पर्क समिति यूके महामन्त्री कुश बस्नेतका साथै फडिन्द्र भट्टराई, कर्ण शाही, नरेन्द्र कंडेलसहित स्थानीय नेपाली समुदायका अभियन्ताहरुसहित डेढ सय बढीको सहभागिता थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register