तोलामा १७ सयले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको […]

Apr 15, 2025 - 06:17
 0
तोलामा १७ सयले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन अहिलेसम्मकै उच्च हो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १ लाख ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register