गगनको गुनासो : देशलाई कंकर्डको स्पिड चाहिएको छ, सरकार ट्याक्टर स्टाइलले चल्यो

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताएका छन् । काङ्ग्रेसनिकट बौद्धिक पेसाकर्मीले मङ्गलबार काठमाडौंमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारलाई सफल बनाउन आफूले जोखिम उठाउन खोजेपनि मूल नेतृत्वमा उत्साह र गति नदेखिएको भन्दै गुनासो गरे । महामन्त्री थापाले देशले कंकर्डको गति लिनुपर्ने […]

Apr 15, 2025 - 06:14
 0
गगनको गुनासो : देशलाई कंकर्डको स्पिड चाहिएको छ, सरकार ट्याक्टर स्टाइलले चल्यो

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताएका छन् ।

काङ्ग्रेसनिकट बौद्धिक पेसाकर्मीले मङ्गलबार काठमाडौंमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारलाई सफल बनाउन आफूले जोखिम उठाउन खोजेपनि मूल नेतृत्वमा उत्साह र गति नदेखिएको भन्दै गुनासो गरे ।

महामन्त्री थापाले देशले कंकर्डको गति लिनुपर्ने बेलामा ट्याक्टर स्टाइलले चलिरहेकोमा असन्तुष्टि व्यक्त गरे । तर सरकार र गठबन्धन बदल्ने पक्षमा भने आफू नरहेको उनले प्रष्ट पारे ।

‘एमालेसँग मिलेर दुई ठूला सरकारले संविधानमा संशोधन गर्दै सरकार सञ्चालन र सुशासनमा व्यापक सुधार गर्छौँ भन्ने सोचेका थियाै‌ं । मलाई सरकारमा बसेर भूमिका खेल्ने प्रस्ताव आउँदा सरकारमा सहभागी हुन्न तर बाहिर बसेर यसलाई सफल बनाउने सन्दर्भमा वार फुटिङमा काम गर्छु,’ उनले भने, ‘व्यक्तिगतरुपमा जोखिम उठाउन र घाउ खान तयार भएको हो । गाली खान तयार भएर सुरुमा जोतिएर काम गरेको हो । खासगरी इकोनोमिक फ्रन्टमा काम गर्ने भनेर उत्साहका साथ धेरै कुरा बदल्न सकिन्छ भनेर गरेको हो । देशलाई चाहिएको कंकर्डको गति हो तर तर सरकार ट्याक्टरको गतिमा छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register