सलमान खानलाई धम्की दिएको आरोपमा युवक पक्राउ

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् । एक अज्ञात व्यक्तिले मुम्बईको वरलीस्थित यातायात विभागलाई व्हाट्सएप सन्देश पठाएका थिए । यही आइतबार राति अबेर पठाइएको यो सन्देशमा लेखिएको थियो – “हामी सलमान खानको घरमा पस्नेछौं र उनलाई मार्नेछौं ।” एएनआईको हालैको रिपोर्टअनुसार सलमानलाई धम्की दिने व्यक्ति वडोदरा नजिकैको […]

Apr 15, 2025 - 11:05
 0
सलमान खानलाई धम्की दिएको आरोपमा युवक पक्राउ

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।

एक अज्ञात व्यक्तिले मुम्बईको वरलीस्थित यातायात विभागलाई व्हाट्सएप सन्देश पठाएका थिए । यही आइतबार राति अबेर पठाइएको यो सन्देशमा लेखिएको थियो – “हामी सलमान खानको घरमा पस्नेछौं र उनलाई मार्नेछौं ।”

एएनआईको हालैको रिपोर्टअनुसार सलमानलाई धम्की दिने व्यक्ति वडोदरा नजिकैको गाउँमा बस्ने २६ वर्षीय युवकको रूपमा पहिचान गरिएको छ ।

सुरुमा प्रहरीले समन पठाएको थियो र उनलाई २-३ दिन भित्र उपस्थित हुन आदेश दिएको थियो । तर, मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रिपोर्टका अनुसार अनुसन्धानबाट सन्देश पठाउने व्यक्तिको मानसिक अवस्था राम्रो नभएको पत्ता लागेको छ । परिवारले उनको उपचार भइरहेको दाबी गरेको छ । यो तथ्य पत्ता लगाउन प्रहरी अनुसन्धान जारी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register