महिला प्रहरीमाथि हातपात गर्ने हल्दिवारीकी घिमिरे पक्राउ

झापा , चैत २५ । महिला प्रहरीमाथि हातपात गर्ने हल्दिवारीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । गएराति ९ बजे हल्दिवारी गाउँपालिका वडा नम्वर २ वस्ने देवराज घिमिरेकी श्रीमती ३१ वर्षीया पवित्रा माखिम घिमिरेले मादक पदार्थ सेवन गरी घरपरिवारका सदस्यहरुलाई गालीगलौज एवं अपशव्द प्रयोग गरी झैझगडा गरिरहेकी थिइन् । त्यसको खबर पाएपछि प्रहरी चौकी हल्दिवारीबाट [...] The post महिला प्रहरीमाथि हातपात गर्ने हल्दिवारीकी घिमिरे पक्राउ appeared first on Jhapa Online.

Apr 7, 2025 - 09:21
 0
महिला प्रहरीमाथि हातपात गर्ने हल्दिवारीकी घिमिरे पक्राउ

झापा , चैत २५ । महिला प्रहरीमाथि हातपात गर्ने हल्दिवारीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति ९ बजे हल्दिवारी गाउँपालिका वडा नम्वर २ वस्ने देवराज घिमिरेकी श्रीमती ३१ वर्षीया पवित्रा माखिम घिमिरेले मादक पदार्थ सेवन गरी घरपरिवारका सदस्यहरुलाई गालीगलौज एवं अपशव्द प्रयोग गरी झैझगडा गरिरहेकी थिइन् । त्यसको खबर पाएपछि प्रहरी चौकी हल्दिवारीबाट प्रहरी सहायक निरीक्षक कृष्णवहादुर मगरको कमाण्डमा महिला प्रहरीसहित टोली गएको थियो ।

झगडा गरिरहेकी ती महिलालाई सम्झाउने क्रममा उनले महिला प्रहरीमाथि नै हातपात गरेकी हुन् । उनले इलाम माइजोगमाई गाउँपालिका ४ घर भई इलाका प्रहरी कार्यालय बिर्तामोडमा दरवन्दी भएकी प्रहरी चौकी हल्दिवारीमा कार्यरत प्रहरी जवान प्रनिता देवानमाथि हातपात गरेकी हुन् । देवानको दुवै आँखामाथि सामान्य चोट लागेको छ । उनलाई स्थानीय मेडिकलमा उपचार गराइएको थियो ।

प्रहरी जवान देवानको चुस्तासमेत च्यातिएको छ । यसरी प्रहरीमाथि हातपात गर्ने घिमिरेलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

The post महिला प्रहरीमाथि हातपात गर्ने हल्दिवारीकी घिमिरे पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register