विमानस्थलमा यात्रुमाथि दुर्व्यवहार गर्ने ३ प्रहरीलाई कारबाही

काठमाडौं । वैदेशिक रोजगारीबाट बिदामा स्वदेश फर्किएका एक युवकमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्व्यवहार गर्ने तीन प्रहरी कारबाहीमा परेका छन् । गत आइतबार दुबईबाट फर्किएका धनुषाका सञ्जय ओझालाई प्रहरीले लछारपछार गरेका थिए । उक्त कार्यमा संलग्न तीन जनालाई विमानस्थल सुरक्षाबाट हटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी शेखर खनालले जानकारी दिए । ओझाले सामाजिक सञ्जालमा राखेको […]

Apr 16, 2025 - 10:19
 0
विमानस्थलमा यात्रुमाथि दुर्व्यवहार गर्ने ३ प्रहरीलाई कारबाही

काठमाडौं । वैदेशिक रोजगारीबाट बिदामा स्वदेश फर्किएका एक युवकमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्व्यवहार गर्ने तीन प्रहरी कारबाहीमा परेका छन् ।

गत आइतबार दुबईबाट फर्किएका धनुषाका सञ्जय ओझालाई प्रहरीले लछारपछार गरेका थिए ।

उक्त कार्यमा संलग्न तीन जनालाई विमानस्थल सुरक्षाबाट हटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी शेखर खनालले जानकारी दिए ।

ओझाले सामाजिक सञ्जालमा राखेको भिडिओअनुसार १० दिनको बिदामा काठमाडौं आएर विमानस्थलबाहिर निस्किँदै गर्दा एक जनाले उनलाई ट्रली बाहिर ल्याएको विषयमा विवाद गरेका थिए ।

आफूलाई विमानस्थलकै कर्मचारी बताउने व्यक्तिले त्यस्तो व्यवहार गरेपछि उनले प्रहरीलाई बोलाएका थिए । तर, प्रहरीले उल्टै दुर्व्यवहार गरेको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register