पानीको जारमा भेटियो किरा, महानगरले तिरायो २५ हजार जरिवाना 

काठमाडौँ । ललितपुरमा पानीको जारमा किरा भेटिएको छ । केएम मिनिरल वाटर एण्ड वेभरेज प्रालिले उत्पादन गरेको पानीको जारमा किरा भेटिएको हो ।  पानीको जारमा किरा भेटिएपछि केएम मिनरल वाटर एण्ड वेभरेज प्रालिलाई ललितपुर महानगरले २५ हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगर प्रहरीका अनुसार पशु सेवा तालिम केन्द्र ललितपुरमा ल्याइएको जारमा किरा भेटिएको थियो […]

Apr 17, 2025 - 13:32
 0
पानीको जारमा भेटियो किरा, महानगरले तिरायो २५ हजार जरिवाना 

काठमाडौँ । ललितपुरमा पानीको जारमा किरा भेटिएको छ । केएम मिनिरल वाटर एण्ड वेभरेज प्रालिले उत्पादन गरेको पानीको जारमा किरा भेटिएको हो । 

पानीको जारमा किरा भेटिएपछि केएम मिनरल वाटर एण्ड वेभरेज प्रालिलाई ललितपुर महानगरले २५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

महानगर प्रहरीका अनुसार पशु सेवा तालिम केन्द्र ललितपुरमा ल्याइएको जारमा किरा भेटिएको थियो । पानीको जारमा किरा भेटिएको उजुरीपछि महानगर प्रहरीको टोली तत्काल निरीक्षणका लागि केन्द्रमा पुगेको थियो । 

निरीक्षणका क्रममा सिलप्याक जारमा किरा भेटिएपछि महानगरले कारवाहीस्वरुप कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको  महानगर प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register