सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसंघको आव्हानमा सिरियामा खटिएका नेपाली शान्ति सैनिकहरु अदलीबदली भएका छन्। सिरियाको लागि फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) १३ औँ डफ्फा, इन्जिनियर से.मु. (शान्ति सेना) नवौँ डफ्फा, श्री दुर्गाभञ्जन गुल्म (शान्ति सेना) आठौँ डफ्फा र श्री लेबल १ (+) अस्पताल (शान्ति सेना) छैठौँ डफ्फाका १९४ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी लोक […]

Apr 17, 2025 - 17:19
 0
सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

काठमाडौँ।

संयुक्त राष्ट्रसंघको आव्हानमा सिरियामा खटिएका नेपाली शान्ति सैनिकहरु अदलीबदली भएका छन्। सिरियाको लागि फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) १३ औँ डफ्फा, इन्जिनियर से.मु. (शान्ति सेना) नवौँ डफ्फा, श्री दुर्गाभञ्जन गुल्म (शान्ति सेना) आठौँ डफ्फा र श्री लेबल १ (+) अस्पताल (शान्ति सेना) छैठौँ डफ्फाका १९४ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी लोक बहादुर बोगटीको नेतृत्वमा बिहीबार मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी २०३ जना शान्ति सैनिकहरू प्रमुख सेनानी सुनिल कुमार मल्लको नेतृत्वमा आजै स्वदेश फिर्ता भएका छन् ।

हाल उक्त मिसनमा नेपाली सेनाबाट सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र विभिन्न युनिटहरुका गरी कुल ४३९ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register