क्यान्सरका बिरामीको उपचारका लागि आवश्यक जनशक्ति न्याम्सले धानेको छ

काठमाडौं । विश्व क्यान्सर दिवस पृथकतामा एकता: क्यान्सर भोगाईका कथाहरु यस वर्षको मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेपाल (न्याम्स) वीर अस्पतालमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले क्यान्सरका बिरामीको उपचारका लागि आवश्यक जनशक्ति न्याम्सले धानेको अवस्था छ । […]

Feb 5, 2025 - 17:32
 0
क्यान्सरका बिरामीको उपचारका लागि आवश्यक जनशक्ति न्याम्सले धानेको छ

काठमाडौं ।

विश्व क्यान्सर दिवस पृथकतामा एकता: क्यान्सर भोगाईका कथाहरु यस वर्षको मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेपाल (न्याम्स) वीर अस्पतालमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले क्यान्सरका बिरामीको उपचारका लागि आवश्यक जनशक्ति न्याम्सले धानेको अवस्था छ ।

नेपालमा क्यान्सरका बिरामी के कति छन् भन्ने बारेमा एकीन तथ्यांकका लागि दर्ता के कारणले भएन सरोकारवाला निकायसँग छलफल गरि निकास निकालौ । यसको आधारमा आवश्यकता र माग कसरी पुरा गर्ने भन्ने बाटो पहिल्याउन सकिन्छ । जब सम्म सरोकारवाला निकायका सबैपक्ष एक ठाउँमा आएर काम गर्दैनौ तबसम्म टुंगोमा पुग्दैनौ भन्नुभयो ।

उहाँले नेपालमा परिक्षण अति महगो पर्दै आएको साईकोटोन मेशिनका लागि सरकारले बजेट छुट्याएको ३ बर्ष भयो । यस बिषयमा सरोकारवाला निकाय गम्भिर भएर नेपालको जुनसुकै अस्पतालमा भएपनि यो बर्ष खरिद गर्नुपर्छ । यो मेशिन पर्याप्त नहुदा नेपालका बिरामीले भारतमा १६ हजारमा हुने परिक्षणको नेपालमा ७५ हजार सम्म तिर्न बाध्य छन् ।

यहाँ पैसा हुनेले तिरेर परिक्षण गर्लान् नहुनेका लागि निकै ठूलो समस्या रहेकोछ । राज्यले क्यान्सर उपचारमा व्यवहारिक र परिस्कृत कसरी बनाउन सकिन्छ भन्ने उपायको खोजी अभियान प्रदेशबाट केन्द्रमा गर्दै छ । सरकारले क्यान्सर उपचारका लागि सक्दो सहयोग गर्ने उदेश्यले योजना सहित अघि बढेकोछ भन्नुभयो ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा.सम्वाजीराव पाण्डवले ४ फेब्रुअरी विश्व क्यान्सर दिवस हो र नेपालले यो दिवसकै दिन पारेर पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान संचालन गर्नु खुशीको कुरा हो । क्यान्सरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा सरकार लगायत सरोकारवाला निकायसँग यसरी छलफल र सम्बादका माध्यमबाट अघि बढ्नु राज्यको दायित्व हो । यस्ता कार्यका लागि विश्व स्वास्थ्य संगठनको सधै साथ र सहयोग हुनेछ भन्नुभयो ।

त्यसैगरी स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.विकास देवकोटाले नेपाल जस्तो मुलुकले क्यान्सरलाई न्यूनीकरण गर्न के र कसरी गर्ने भन्ने विषयमा विज्ञहरुद्धारा छलफल गरि निकास निकाल्नुपर्छ । रोग लाग्नै नदिन पूर्व तयारीका लागि आवश्यक नीति बनाउँने र बनेको नीतिलाई लागु गर्ने बेला आएकोछ । गुणस्तरिय स्वास्थ्यमा ध्यान दिनु जरुरी छ । यसकै लागि सरकारले एनसीडिको छुट्टै महाशाखा बनाउन लागेकोछ भन्नुभयो ।

सोही अवसरमा न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्र कुमार बस्नेतले क्यान्सर दिवसको अभियान चलिरहँदा वीर अस्पताललाई रोजियो । नेपालमा वीर अस्पतालमा धेरै पहिला देखि क्यान्सरको उपचार हुँदै आएकोछ । मेडिकल अंकोलोजी, रेडियसन अंकोलोजी , टोमो थेरापी, रेडियसन थेरापी लगायतको सेवा छ । कतिपय अवस्थामा जनशक्तिको अभाव हुने गरेकोछ । नेपालमा धेरै प्रकारका क्यान्सर बढ्दो क्रममा छ ।

यसको प्रमुख कारण खानपान नै रहेकोछ । खानामा प्रयोग भएको बिषाधि, फ्रोजनको बढी प्रयोग, तारेको, पोलेको मासु जस्ता खानाका बिषयमा अनुगमनको खाँचो रहेकोछ उहाँले बताउँनुभयो । त्यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले नेपाल जस्ता मुलुकले क्यान्सर भएर उपचार गर्न सक्ने अवस्था नभएकाले क्यान्सर हुनै नदिने उपायको खोजी गर्नुपर्छ । जुन खोप अभियान देशव्यापी गरियो यो निकै राम्रो अवसर हो ।

गतबर्ष धेरै मानिसमा यो खोपको बारेमा ज्ञान कम हुँदा लगाउँने कि नलगाउँने भनेर अलमलिएको देखे र मैले मेरा २ छोरीलाई पहिला नाम लेखाई खोप लगाएपछि अरुले पनि निर्धक्क भएर लगाए । भरतपुर अस्पतालमा क्यान्सरको उपचार गराउँन आउँने बिरामी तेस्रो र चौथो चरणमा मात्र आउँछन भन्नुभयो ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा.लोनिङ दीक्षीत, वीर अस्पतालका क्यान्सर विभागका प्रमुख प्रा.डा. विवेक आचार्य, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.यदुचन्द्र घिमिरेले क्यान्सरका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा क्यान्सर विजेता सुभद्रा गुरागाईले आफु २०४७ सालमा क्यान्सरको बिरामी भएको र त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल हुँदै वीर अस्पतालमा पुगी आफ्नो उपचार नेपालमै सम्भव भएकोले समयमै उपचार गरे क्यान्सर निको हुन्छ भन्नुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register