नेपालको सरकारी ऋण साढे २६ खर्ब नाघ्यो, ९ महिनामै ३ खर्ब ६६ अर्ब ऋण उठाइयो 

काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म सरकारी ऋण साढे २६ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको चैतसम्म सरकारी ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।  कुल सरकारी ऋणमध्ये आन्तरिक ऋणको हिस्सा १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ रहेको छ भने बाह्य ऋणको हिस्सा १३ खर्ब १ अर्ब ७४ […]

Apr 18, 2025 - 04:44
 0
नेपालको सरकारी ऋण साढे २६ खर्ब नाघ्यो, ९ महिनामै ३ खर्ब ६६ अर्ब ऋण उठाइयो 

काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म सरकारी ऋण साढे २६ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको चैतसम्म सरकारी ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । 

कुल सरकारी ऋणमध्ये आन्तरिक ऋणको हिस्सा १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ रहेको छ भने बाह्य ऋणको हिस्सा १३ खर्ब १ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । 

चालु आर्थिक वर्षको चैतसम्म मात्रै सरकारले आन्तरिक र बाह्य गरी कुल ३ खर्ब ६६ अर्ब ९ करोड रुपैयाँ ऋण उठाएको छ । जसमध्ये आन्तरिकतर्फको ऋण २ खर्ब ९१ अर्ब १४ करोड रुपैयाँ छ भने बाह्य ऋण ७४ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । 

चालु आर्थिक वर्षमा सरकारले वार्षिक ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये चैतसम्म ६६.९३ प्रतिशत पूरा भएको देखिन्छ । अहिलेको सरकारी ऋण कुल ग्राहस्थ उत्पादन (जिडीपी)को ४६.७५ प्रतिशत बराबर हो । चालु आर्थिक वर्षमा सरकारले आन्तरिक ऋण भुक्तानीमा २ खर्ब १२ अर्ब ९३ करोड रुपैयाँ खर्च गरेको छ भने बाह्य ऋण भुक्तानीमा ३९ अर्ब ५५ करोड रुपैयाँ खर्च गरिसकेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register