इटलीकी प्रधानमन्त्री मेलोनी र ट्रम्पबीच भेटवार्ता, व्यापार सम्झौतामा जोड
काठमाडौं, वैशाख ५ गते । अमेरिका भ्रमणमा रहेकी इटलीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेकी छिन्। भेटवार्ताको क्रममा उनीहरूबीच अमेरिका र युरोपबीचको सम्भावित व्यापार सम्झौताका विषयमा छलफल भएको थियो। भेटपछि राष्ट्रपति ट्रम्पले व्यापार सम्झौता शतप्रतिशत तर निष्पक्ष हुने बताए। मेलोनीले पनि व्यापार सम्झौता हुने विश्वास व्यक्त गर्दै आफ्नो उद्देश्य ‘मेक द वेस्ट […]

काठमाडौं, वैशाख ५ गते । अमेरिका भ्रमणमा रहेकी इटलीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेकी छिन्। भेटवार्ताको क्रममा उनीहरूबीच अमेरिका र युरोपबीचको सम्भावित व्यापार सम्झौताका विषयमा छलफल भएको थियो।
भेटपछि राष्ट्रपति ट्रम्पले व्यापार सम्झौता शतप्रतिशत तर निष्पक्ष हुने बताए। मेलोनीले पनि व्यापार सम्झौता हुने विश्वास व्यक्त गर्दै आफ्नो उद्देश्य ‘मेक द वेस्ट ग्रेट अगेन’ अर्थात् पश्चिमलाई पुनः महान बनाउने रहेको बताइन्।
उक्त भेटवार्तालाई विशेष महत्वका साथ लिइएको छ, किनकि अप्रिल २ मा ट्रम्पले विश्वका थुप्रै देशहरूमाथि रेसिप्रोकल ट्यारिफ लगाउने घोषणा गरेका थिए। उनले चीनलाई छाडेर अन्य देशहरूलाई ९० दिनको अस्थायी विराम लगाउँदै पारस्परिक भन्सार शुल्कलाई घटाएर १० प्रतिशत बनाएका छन्।
युरोपेली संघबाट आयात हुने सामानहरूमा २० प्रतिशत भन्सार शुल्क लगाउने र त्यसलाई ९० दिनका लागि रोक्ने निर्णयपछि मेलोनी अमेरिका भ्रमणमा जाने पहिलो युरोपेली नेतृ बनेकी हुन्। यस भेटलाई दुई देशबीचको व्यापार सम्बन्धलाई थप सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ।
What's Your Reaction?






