पश्चिमी र स्थानीय वायुका साथै जलवाष्पयुक्त हावाको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायमै रहेको छ। यसका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू-भागसम्म मनसुनको आगमन भएको र […]

May 26, 2025 - 01:36
 0
पश्चिमी र स्थानीय वायुका साथै जलवाष्पयुक्त हावाको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ  मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायमै रहेको छ। यसका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू-भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भू-भागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, मधेस र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी, मधेस, बागमतीलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले
दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै सोबाट बच्न आवश्यक तयारी गर्न तथासतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register