निलम भर्सेस गुणाकर : कानुन देखाउँदै भट्टको राजिनामा स्वीकृत गर्न ढुंगानाद्वारा अस्वीकार !

काठमाडौँ । गभर्नरको दौडमा रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न कामु गभर्नर नीलम ढुंगानाले अस्वीकार गरेकी छिन् । आफु गभर्नर बन्ने पक्का भएपछि भट्टले शुक्रबार राजिनामा पत्र बुझाएका थिए । तर, कामु गभर्नर ढुंगानाले कानुन देखाउँदै उनको राजिनामा स्वीकृत गर्न अस्वीकार गरेकी हुन् । गभर्नरको नाम सिफारिसमा पर्नका लागि […]

Apr 18, 2025 - 07:56
 0
निलम भर्सेस गुणाकर : कानुन देखाउँदै भट्टको राजिनामा स्वीकृत गर्न ढुंगानाद्वारा अस्वीकार !

काठमाडौँ । गभर्नरको दौडमा रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न कामु गभर्नर नीलम ढुंगानाले अस्वीकार गरेकी छिन् । आफु गभर्नर बन्ने पक्का भएपछि भट्टले शुक्रबार राजिनामा पत्र बुझाएका थिए ।

तर, कामु गभर्नर ढुंगानाले कानुन देखाउँदै उनको राजिनामा स्वीकृत गर्न अस्वीकार गरेकी हुन् ।

गभर्नरको नाम सिफारिसमा पर्नका लागि राजीनामा स्वीकृत हुनै पर्ने बाध्यकारी अवस्थाकाबीच कामु गभर्नरले राजीनामा स्वीकृत नगर्दा भट्ट तनाबमा परेका छन् ।

बुधबार साँझ प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टका नाममा सहमति भएको थियो । गभर्नरका लागि भट्टको नाममा सहमति भएपछि प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले उनलाई बोलाएर भेटिसकेको बुझिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register