सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चलेपछि…

सुर्खेत ।  बिहीबार राती जाजरकोटको सशस्त्र प्रहरीको ब्यारेकमा गोली चलाएको आरोप लगाएको छ । सशस्त्र प्रहरीको थाप्लेमा रहेको भोजको आयोजना गरिएकोमा सोही भोज सकेर राती आमन्त्रित पाहुना फर्कने क्रम्मा गोली चलाएको आरोप लागेको हाे ।  नेपाली सेनाको ब्यारेकबाट आएको टोलिले सशस्त्रको ब्यारेकमा गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । यो विषयमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर […]

Apr 18, 2025 - 08:55
 0
सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चलेपछि…

सुर्खेत ।

 बिहीबार राती जाजरकोटको सशस्त्र प्रहरीको ब्यारेकमा गोली चलाएको आरोप लगाएको छ । सशस्त्र प्रहरीको थाप्लेमा रहेको भोजको आयोजना गरिएकोमा सोही भोज सकेर राती आमन्त्रित पाहुना फर्कने क्रम्मा गोली चलाएको आरोप लागेको हाे ।

 नेपाली सेनाको ब्यारेकबाट आएको टोलिले सशस्त्रको ब्यारेकमा गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । यो विषयमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन । प्रजिअ मंग्राती फोन मुस्किलले उठे पनि बैठकमा भएको भन्दै अरु व्यक्तिलाई फोन उठाउन दिइएको छ । नेपाल प्रहरीका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले पटका पट्काएको जवाफ दिए ।

 स्रोतका अनुसार सशस्त्रले आयोजना गरेको भोजमा प्रमुख जिल्ला अधिकारीदेखि सबै सुरक्षा अंगको टिम सशस्त्रको ब्यारेकमा सहभागी रहेको थियो । भोजको कार्यक्रम पूरा भएपछि सबै आफ्नो कार्यकक्षमा फर्कँदा नेपाली सेनाले गोली चलाएको आरोप लागेको छ ।

 चन्दननाथ दल गण, मालिका ब्यारेक, जाजरकोटका प्रमुख सेनानी दीपक केसीले आफ्नो बिदाइमा पडका पडकाएको बताए । पडका र हतियार पडकाएको थाहा नपाउने कस्तो खालको जनता हो भन्दै प्रश्न समेत गरेका छन् ।

-हेमन्त केसी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register