दरबारमार्गको फुटपाथमा ग्रेनाइड बिछ्याइँदै

काठमाडौं । दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड बिछ्याउने काम थालिएको छ । काठमाडौं महानगरपालिकाको अनुगमन समितिले सोमबार कामको निरीक्षण गरेको छ । निरीक्षणका क्रममा समितिका संयोजक एवं महानगर उपप्रमुख सुनिता डङ्गोलले, ग्रेनाइड सेटिङको निरीक्षण गर्दै पैदलमार्ग पैदल यात्रामैत्री हुनुपर्ने बताउँदै सडकमा भएका रुखहरुको संरक्षणका विषयमा अधिकारीहरुसँग जिज्ञासा राखेका थिए । त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष […]

Feb 10, 2025 - 11:30
 0
दरबारमार्गको फुटपाथमा ग्रेनाइड बिछ्याइँदै

काठमाडौं । दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड बिछ्याउने काम थालिएको छ ।

काठमाडौं महानगरपालिकाको अनुगमन समितिले सोमबार कामको निरीक्षण गरेको छ ।

निरीक्षणका क्रममा समितिका संयोजक एवं महानगर उपप्रमुख सुनिता डङ्गोलले, ग्रेनाइड सेटिङको निरीक्षण गर्दै पैदलमार्ग पैदल यात्रामैत्री हुनुपर्ने बताउँदै सडकमा भएका रुखहरुको संरक्षणका विषयमा अधिकारीहरुसँग जिज्ञासा राखेका थिए ।

त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले निर्माण प्रक्रियाको निरीक्षण गर्दै ग्रेनाइडको बाहिरी भाग खस्रो भएकोले यात्रामा चिप्लिने जोखिम नहुने बताए ।

नारायणहिटी सङ्ग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइड लगाइँदैछ ।

सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ ।

सडकमा ग्रेनाइड राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ । त्यसभन्दा माथि व्रिक सोलिङ गरिएको छ । त्यसभन्दा पीसीसी ढलान गरिएको छ । त्यसभन्दा माथि ग्रेनाइट बिछ्याइन्छ । यो १६ एमएमसम्मको हुनेछ ।

सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रालिले काम गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register