सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु

झापा, ७ बैशाख । मोरङ, सुनसरी र ताप्लेजुङको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ वैशाख ६ गते बिहान मोरङको उर्लाबारी-८ स्थित भित्रि सडक खण्डमा प्रदेश १-०२-४० प ७८८१ नम्बरको स्कुटर अनियन्त्रि भई दुर्घटना हुँदा स्कुटर चालक सोही स्थानका ५० बर्षीय नर कुमार लिम्बुको घटनास्थलमा नै मृत्यु भएको हो । सोही [...] The post सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु appeared first on Jhapa Online.

Apr 20, 2025 - 08:03
 0
सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु

झापा, ७ बैशाख । मोरङ, सुनसरी र ताप्लेजुङको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ

वैशाख ६ गते बिहान मोरङको उर्लाबारी-८ स्थित भित्रि सडक खण्डमा प्रदेश १-०२-४० प ७८८१ नम्बरको स्कुटर अनियन्त्रि भई दुर्घटना हुँदा स्कुटर चालक सोही स्थानका ५० बर्षीय नर कुमार लिम्बुको घटनास्थलमा नै मृत्यु भएको हो ।

सोही दिन सुनसरीको इटहरी उप महानगरपालिका-२० स्थित कोशी लोकमार्गको पानीपिया जंगलमा धरानबाट इटहरी तर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ४६१८ नम्बरको कार आफैँ अनियन्त्रित भई रुखमा ठक्कर लागी दुर्घटना हुँदा घाइते भएका कारमा सवार इटहरी-१ का ४० वर्षीय बिष्णु राउतको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो ।

यसैगरी, ताप्लेजुङको फक्तालुङ-६ स्थित भित्रि सडक खण्डमा मे १ त ७७५८ नम्वरको गोलिया बोकेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार फाक्तालुङ-६ का २६ वर्षीय भुछिरिङ शेर्पाको घटनास्थलमा नै मृत्यु भएको हो । घटना सम्वन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भइरहेको छ ।

The post सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register