शशाङ्क निवासमा भेला भए काङ्ग्रेसका पूर्वपदाधिकारी, देउवानिकट महत पनि सहभागी

काठमाडौं । लोकतन्त्र दिवसका अवसरमा नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री डा. शङ्शाक कोइरालाले महाराजगञ्जस्थित आफ्नै निवासमा चियापान आयोजना गरेका छन् । बिहीबार आयोजना गरिएको भेलामा काङ्ग्रेसका आधा दर्जनभन्दा बढी पूर्वपदाधिकारी भेला भएका थिए । काङ्ग्रेसको १५औं महाधिवेशनको चहलपहल सुरु भइरहेको अवस्थामा डा. कोइरालाको चियापानलाई अर्थपूर्ण रुपमा हेरिएको छ । डा. कोइरालाको चियापानामा नेता कृष्ण सिटौंला, विजयकुमार गच्छदार, […]

Apr 24, 2025 - 08:09
 0
शशाङ्क निवासमा भेला भए काङ्ग्रेसका पूर्वपदाधिकारी, देउवानिकट महत पनि सहभागी

काठमाडौं । लोकतन्त्र दिवसका अवसरमा नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री डा. शङ्शाक कोइरालाले महाराजगञ्जस्थित आफ्नै निवासमा चियापान आयोजना गरेका छन् ।

बिहीबार आयोजना गरिएको भेलामा काङ्ग्रेसका आधा दर्जनभन्दा बढी पूर्वपदाधिकारी भेला भएका थिए ।

काङ्ग्रेसको १५औं महाधिवेशनको चहलपहल सुरु भइरहेको अवस्थामा डा. कोइरालाको चियापानलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

डा. कोइरालाको चियापानामा नेता कृष्ण सिटौंला, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, महेश आचार्य, पुष्पा भुसाल, दीपक खड्का, एनपी साउदलगायत नेता उपस्थित भएका थिए ।

काङ्ग्रेसका प्रवक्तासमेत रहेको डा महत सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register