एमालेको ‘युथ सेलिब्रेसन’ले सर्वसाधारणलाई सास्ती (तस्विरहरू)

काठमाडौँ । सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा ‘युथ सेलिब्रेसन’ कार्यक्रमको आयोजना गरेको छ । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले भृकुटीमण्डपमा उक्त कार्यक्रमको आयोजना गरेको हो । भृकुटीमण्डपको बीच सडकमा स्टेज बनाएर एमालेले गरिरहेको ‘युथ सेलिब्रेसन’ कार्यक्रमका कारण आम सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । एक दिने उक्त कार्यक्रममा […]

Apr 24, 2025 - 09:57
 0
एमालेको ‘युथ सेलिब्रेसन’ले सर्वसाधारणलाई सास्ती (तस्विरहरू)

काठमाडौँ । सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा ‘युथ सेलिब्रेसन’ कार्यक्रमको आयोजना गरेको छ । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले भृकुटीमण्डपमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

भृकुटीमण्डपको बीच सडकमा स्टेज बनाएर एमालेले गरिरहेको ‘युथ सेलिब्रेसन’ कार्यक्रमका कारण आम सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।

एक दिने उक्त कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरु सहभागी हुन अपिल गरेको छ । कार्यक्रममा करिब एक लाख युवा उतार्ने योजनामा एमालेको छ । कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरुले सम्बोधन गर्ने जनाईएको छ । बाँकी तस्विरमा हेर्नुहोस्: 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register