कैन्दीबन्दीलाई सिलाई कटाई तालिम

मुस्ताङ, ११ वैशाख । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाई कटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयको आयोजनामा पुरुष कैदीबन्दीहरुको सीप क्षमता विकास, आयआर्जन, व्यावसायिक तथा आत्मनिर्भर बनाउने उद्देश्यले आजदेखि एक महिनाको सिलाई कटाइ तालिम सञ्चालन गरिएको हो । पर्यटन तथा उद्योग कार्यालयको आर्थिक सहयोग तथा कारागार शाखाको व्यवस्थापनमा १० पुरुष कैदीबन्दीलाई तालिम [...] The post कैन्दीबन्दीलाई सिलाई कटाई तालिम appeared first on Jhapa Online.

Apr 24, 2025 - 09:37
 0
कैन्दीबन्दीलाई सिलाई कटाई तालिम

मुस्ताङ, ११ वैशाख । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाई कटाइ तालिम दिन सुरु गरिएको छ ।

पर्यटन तथा उद्योग कार्यालयको आयोजनामा पुरुष कैदीबन्दीहरुको सीप क्षमता विकास, आयआर्जन, व्यावसायिक तथा आत्मनिर्भर बनाउने उद्देश्यले आजदेखि एक महिनाको सिलाई कटाइ तालिम सञ्चालन गरिएको हो ।

पर्यटन तथा उद्योग कार्यालयको आर्थिक सहयोग तथा कारागार शाखाको व्यवस्थापनमा १० पुरुष कैदीबन्दीलाई तालिम दिइने कारागार शाखा मुस्ताङका निमित्त प्रमुख लालबाबु सहनशीले जानकारी दिनुभयो । कारागारभित्र कुल १२ कैदीबन्दी रहेकामा दुई जना कैदीबन्दी वृद्ध भएका कारण तालिममा सहभागी हुन नसकेको निमित्त प्रमुख सहनशीले बताउनुभयो ।

कैदीबन्दीलाई तालिम दिन एक प्रशिक्षकसहित सिला कटाइसम्बन्धी सामग्री कार्यालयले उपलब्ध गराएको पर्यटन तथा उद्योग कार्यालय प्रमुख प्रेम पौडेलले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले संयुक्त रुपमा तालिमको आज उद्घाटन गर्नुभयो ।

The post कैन्दीबन्दीलाई सिलाई कटाई तालिम appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register