प्रभु बैंकका ग्राहकलाई होटल यार्शामा विशेष छुट

काठमाडौँ । प्रभु बैंक र होटल यार्शाबीच छुट सम्झौता भएको छ । होटल यार्शाले प्रदान गर्ने सेवामा बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल यार्शाको कोठामा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट पाउने भएका छन् । यो छुट अफरहरुले ग्राहकहरुलाई गुणस्तरीय […]

Jun 8, 2025 - 08:30
 0
प्रभु बैंकका ग्राहकलाई होटल यार्शामा विशेष छुट

काठमाडौँ । प्रभु बैंक र होटल यार्शाबीच छुट सम्झौता भएको छ । होटल यार्शाले प्रदान गर्ने सेवामा बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल यार्शाको कोठामा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट पाउने भएका छन् ।

यो छुट अफरहरुले ग्राहकहरुलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहगोग गर्नेछ ।

होटल यार्शा शान्त र सुन्दर जिरी नगरमा अवस्थित एक प्रख्यात होटल हो । यो अफर जिरी नगरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको जनाईएको छ । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ ।

जिरी स्वच्छ हावा, शीतल मौसम र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छ । यो स्थान पदयात्राका लागि, पारिवारिक घुमघामका लागि र शान्त वातावरण तथा रोमाञ्च खोज्ने जोकोहीका लागि उपयुक्त गन्तव्य हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register