नेपाल ओलम्पिक कमिटीका १६ वटै बैंक खाता रोक्का, पदाधिकारीलाई विदेश जान पनि रोक !

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का १६ वटै बैंक खाता रोक्का भएको छ । कमिटीको विभिन्न ९ बैंकमा रहेका १६ वटै बैंक खाता रोक्का भएको हो ।  कमिटीको नाममा ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्सियल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक र नेपाल […]

Apr 25, 2025 - 05:36
 0
नेपाल ओलम्पिक कमिटीका १६ वटै बैंक खाता रोक्का, पदाधिकारीलाई विदेश जान पनि रोक !

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का १६ वटै बैंक खाता रोक्का भएको छ । कमिटीको विभिन्न ९ बैंकमा रहेका १६ वटै बैंक खाता रोक्का भएको हो । 

कमिटीको नाममा ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्सियल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक र नेपाल बैंक लिमिटेडमा रहेका सम्पूर्ण खाता रोक्का गरिएको बैंकहरुले जनाएका छन् । 

एनओसीका सबै खाता रोक्का गरिएको बारे ९ वटै बैंकहरुले बैशाख ११ गते खेलकुद मन्त्रालयलाई जानकारी गराएका छन् । मन्त्रालयले एनओसीका सबै खाता रोक्का गर्न बैशाख ७ गते पत्राचार गरेको थियो ।

यसअघि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठकले एनओसीका बैंक खाता रोक्का गर्ने र एनओसीका पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार एनओसीका सबै बैंक खाता रोक्का गरिएको छ भने एनओसीका पदाधिकारीलाई विदेश भ्रमणमा पनि रोक लगाउने तयारी गरिएको मन्त्रालय स्रोतले बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register