जम्मू–कश्मीरको बान्दीपोरामा भारतीय सुरक्षा फौज र आतङ्ककारीबीच भिडन्त

काठमाडाैं । जम्मू–कश्मीरको बान्दीपोरामा भारतीय सुरक्षा फौज र आतङ्ककारीबीच भिडन्त भएको छ । बान्दीपोरामा शुक्रबार बिहान दुई समुहबीच मुठभेड भएको हो । भारतीय सेनाको चिनार कोप्र्सले सामाजिक सञ्जाल एक्समार्फत यस मुठभेडबारेमा जानकारी दिएको छ । ‘विशेष गुप्तचरको सहयोगमा आतङ्ककारीहरूको उपस्थितिका बारेमा भारतीय सेना र जम्मू कश्मीर प्रहरीले बन्दीपोराको कोल्नेर अजस क्षेत्रमा संयुक्त खोजी अभियान सुरु […]

Apr 25, 2025 - 06:33
 0
जम्मू–कश्मीरको बान्दीपोरामा भारतीय सुरक्षा फौज र आतङ्ककारीबीच भिडन्त

काठमाडाैं । जम्मू–कश्मीरको बान्दीपोरामा भारतीय सुरक्षा फौज र आतङ्ककारीबीच भिडन्त भएको छ ।

बान्दीपोरामा शुक्रबार बिहान दुई समुहबीच मुठभेड भएको हो ।

भारतीय सेनाको चिनार कोप्र्सले सामाजिक सञ्जाल एक्समार्फत यस मुठभेडबारेमा जानकारी दिएको छ ।

‘विशेष गुप्तचरको सहयोगमा आतङ्ककारीहरूको उपस्थितिका बारेमा भारतीय सेना र जम्मू कश्मीर प्रहरीले बन्दीपोराको कोल्नेर अजस क्षेत्रमा संयुक्त खोजी अभियान सुरु गरेको छ,’ जहाँ लेखिएको छ ।

सेनाका अनुसार अतिवादीहरूसँगको मुठभेड अझै जारी छ ।

यसअघि बिहीबार उधमपुरमा सुरक्षाबल र आतङ्ककारीहरूबीच भएको भिडन्तमा एक सैनिकको मृत्यु भएको थियो ।

मङ्गलबार जम्मू–कश्मीरकै पहलगामा आतङ्कवादी हमला भएको थियो । यस आक्रमणमा २६ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।

यस घटनामा एक नेपालीले पनि ज्यान गुमाएका छन् ।

जम्मू-कश्मीर हमला : आतङ्ककारीबारे सूचना दिनेलाई २० लाख पुरस्कार

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register