सञ्चारमन्त्रीले तेहेर्‍याए – ७ दिनभित्र दर्ता नभए फेसबुकमाथि प्रतिबन्ध

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ७ दिनभित्र दर्ता नभए मेटामाथि नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक-पटक सूचना जारी गरे पनि नमानेको बताए । तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र […]

Apr 25, 2025 - 09:18
 0
सञ्चारमन्त्रीले तेहेर्‍याए – ७ दिनभित्र दर्ता नभए फेसबुकमाथि प्रतिबन्ध

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ७ दिनभित्र दर्ता नभए मेटामाथि नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक-पटक सूचना जारी गरे पनि नमानेको बताए ।

तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने गुरूङको भनाइ छ ।

नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएकोले मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने मन्त्री गुरुङले बताए ।

५ वैशाखमा पनि गुरुङले सरकारले तोकेको समयभित्र फेसबुकलगायतका सामाजिक सञ्जाल प्लाटफर्म दर्ता हुन नआए प्रतिबन्ध लगाउने बताएका थिए ।

त्यसअघि २३ माघमा नेपाल टेलिकमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register