मानव बेचबिखनकी अभियुक्त हतकडीसहित फरार

सुदूरपश्चिम । मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी टीकापुर नगरपालिका–१ की ५० वर्षीया मीना शाही दमाई आज हतकडीसहित फरार भएकी छन् । मानब बेचबिखन मुद्दामा पुनःम्याद थपका लागि इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले आज धनगढीस्थित कैलाली जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्‍याइएकामा उनी हतकडीसहित फरार भएकी हुन् । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज बुढाथोकीले प्रहरी […]

Apr 27, 2025 - 16:26
 0
मानव बेचबिखनकी अभियुक्त हतकडीसहित फरार

सुदूरपश्चिम । मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी टीकापुर नगरपालिका–१ की ५० वर्षीया मीना शाही दमाई आज हतकडीसहित फरार भएकी छन् ।

मानब बेचबिखन मुद्दामा पुनःम्याद थपका लागि इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले आज धनगढीस्थित कैलाली जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्‍याइएकामा उनी हतकडीसहित फरार भएकी हुन् ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज बुढाथोकीले प्रहरी टोलीले म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुयाएको बेला शाही फरार भएकी बताए ।

निजलाई आफन्त नातापर्ने बालिकालाई भारतमा बेचबिखन गरेको जाहेरी परेपछि यही वैशाख ४ गते पक्राउ गरिएको थियो । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register