६२ वर्षीया हलिउड स्टार बनिन् ‘संसारकै सबैभन्दा सुन्दर महिला’

काठमाडौं । के तपाईं विश्वास गर्न सक्नुहुन्छ ६२ वर्षीया महिलाले पनि ‘सबैभन्दा सुन्दर महिला’को उपाधि जित्न सक्छिन् ? यो उपलब्धि एक हलिउड स्टारले हासिल गरेकी छन् । पिपल म्यागजिनले आफ्नो पछिल्लो अङ्कमा २०२५ को ‘सबैभन्दा सुन्दर महिला’को सूची जारी गरेको छ । यो जित्ने स्टार न जेनिफर लोपेज हुन् न जुलिया रोबर्ट्स । यी ६२ […]

Apr 28, 2025 - 07:26
 0
६२ वर्षीया हलिउड स्टार बनिन् ‘संसारकै सबैभन्दा सुन्दर महिला’

काठमाडौं । के तपाईं विश्वास गर्न सक्नुहुन्छ ६२ वर्षीया महिलाले पनि ‘सबैभन्दा सुन्दर महिला’को उपाधि जित्न सक्छिन् ?

यो उपलब्धि एक हलिउड स्टारले हासिल गरेकी छन् । पिपल म्यागजिनले आफ्नो पछिल्लो अङ्कमा २०२५ को ‘सबैभन्दा सुन्दर महिला’को सूची जारी गरेको छ । यो जित्ने स्टार न जेनिफर लोपेज हुन् न जुलिया रोबर्ट्स । यी ६२ वर्षीया अभिनेत्रीले बियोन्से र एन्जेलिना जोलीलाई पनि हराइसकेकी छिन् ।

ती हलिउड स्टार हुन्, डेमी मूर । यो उपाधि जितेर उनले वृद्ध महिला सुन्दर हुन सक्दैनन् भन्ने धारणालाई पनि तोडेकी छिन् ।

आफ्नो पछिल्लो अङ्कमा पिपल पत्रिकाले ६२ वर्षीया हलिउड स्टारलाई २०२५ को ‘सबैभन्दा सुन्दर महिला’ को रूपमा छनोट गरेर यो धारणा तोड्ने प्रयास गरेको छ । ६२ वर्षीया डेमी यो उपाधि धारण गर्ने सबैभन्दा पाको उमेरकी महिला पनि हुन् ।

आवरण कथाको लागि एक अन्तर्वार्तामा डेमीले शरीरको छविका मुद्दाहरू र अब उनको शरीरसँग “बढी सहज सम्बन्ध” कसरी छ भन्ने बारेमा कुरा गरिन् ।

गत बुधबार पिपल पत्रिकाले आफ्नो मे ५ अङ्कको डिजिटल आवरणसहितको घोषणा गर्‍यो । डेमीले आवरणको शोभा बढाइन् र आफू सन् २०२५ को सबैभन्दा सुन्दर महिलाको लागि पत्रिकाको रोजाइ भएको पनि खुलासा गरिन् ।

६० वर्षको उमेरमा आफूलाई सुन्दर भनिएको बारेमा कुरा गर्दै डेमीले भनिन्, ‘मेरो शरीरले भोगेको सबै कुराको लागि म पहिलेभन्दा धेरै कृतज्ञ छु ।’

उनी थप्छिन्, ‘यसको मतलब यो होइन कि म कहिलेकाहीँ ऐनामा हेरेर सोच्दिनँ, ‘हे भगवान्, म बुढी देखिन्छु’ वा ‘हे मेरो अनुहार बिग्रँदै गइरहेको छ’ म सोच्छु । तर, म स्वीकार गर्न सक्छु कि म आज यहीँ छु र मलाई थाहा छ कि आजको भिन्नता यो हो कि यसले मेरो मूल्य वा म को हुँ भनेर परिभाषित गर्दैन ।’

अभिनेत्रीले स्वीकार गरिन् कि जब उनी सानी थिइन्, उनले उत्तम शरीर पाउनको लागि “आफूलाई यातना दिइन्” र “आफैँलाई साँच्चै सजाय दिइरहेकी थिइन् ।”

उनले भनिन्, ‘अब मेरो शरीरसँग मेरो सम्बन्ध सहज भएको छ ।’

डेमीको जन्म सन् १९६२ मा भएको थियो । उनले आफ्नो करिअर मोडलको रूपमा सुरु गरेकी थिइन् । यसपछि उनले ‘जनरल हस्पिटल’ बाट अभिनय गर्न थालिन् । सन् १९९६ मा उनी ‘स्ट्रिपटीज’ बाट विश्वकै सबैभन्दा धेरै कमाउने अभिनेत्री बनिन् । यसअघि उनले ‘घोस्ट’, ‘अ फ्यू गुड मेन’ र ‘इन्डिसेन्ट प्रपोजल’ बाट स्टारडम पाएकी थिइन् ।

समय बित्दै जाँदा उनी सहायक भूमिकामा देखा पर्न थालिन् । सन् २०२४ मा ‘द सबस्टेन्स’ मा मुख्य नायकको रूपमा हलिउडमा फर्किइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register