सोमबार १४.५३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३२७ कम्पनीको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता सेयर खरिद बिक्री हुँदा कुल ८ अर्ब ९१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै […]

Apr 28, 2025 - 10:50
 0
सोमबार १४.५३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२७ कम्पनीको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता सेयर खरिद बिक्री हुँदा कुल ८ अर्ब ९१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङ्गादि ग्रुप पावरको भएको छ । यस कम्पनीको ७० करोड ९४ लाख ७१ हजार २ सय ३७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, सोमबारको बजारमा नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register