बङ्गलादेशका विद्यार्थी नेता इस्लाम भन्छन् – युनुस राजीनामा दिने सोचमा हुनुहुन्छ

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस राजीनामा दिने सोचमा रहेको बताइएको छ । विद्यार्थी नेता तथा राष्ट्रिय नागरिक पार्टीका संयोजक नाहिद इस्लामले युनुसलाई जमुनास्थित उनकै निवासमा भेटेका थिए । भेटपछि इस्लामले बीबीसी बङ्गलासँग भने, “देशको वर्तमान परिस्थितिका कारण हामीले सरको राजीनामाको खबर सुनिरहेका थियौं । त्यसैले म उहाँलाई भेट्न गएँ । यस […]

May 23, 2025 - 06:11
 0
बङ्गलादेशका विद्यार्थी नेता इस्लाम भन्छन् – युनुस राजीनामा दिने सोचमा हुनुहुन्छ

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस राजीनामा दिने सोचमा रहेको बताइएको छ ।

विद्यार्थी नेता तथा राष्ट्रिय नागरिक पार्टीका संयोजक नाहिद इस्लामले युनुसलाई जमुनास्थित उनकै निवासमा भेटेका थिए ।

भेटपछि इस्लामले बीबीसी बङ्गलासँग भने, “देशको वर्तमान परिस्थितिका कारण हामीले सरको राजीनामाको खबर सुनिरहेका थियौं । त्यसैले म उहाँलाई भेट्न गएँ । यस भेटघाटको क्रममा प्रमुख सल्लाहकारले देशको वर्तमान अवस्थामा काम गर्न नसक्ने चिन्ता व्यक्त गर्नुभयो ।”

यसअघि युनुसले ढाकामा भएको सल्लाहकार परिषद्को बैठकमा देशको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

अर्कोतर्फ राजनीतिक दलहरूले पनि अन्तरिम सरकारमाथि दबाब दिइरहेका छन् । पूर्व प्रधानमन्त्री खालिदा जियाको बीएनपी पार्टीले बिहीबार अन्तरिम सरकारका केही सल्लाहकारहरूलाई हटाउन माग गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register