बजाजले नेपाली बजारमा ल्यायो पल्सर एन १६० र एन १२५

काठमाडौं । भारतीय मोटरसाइकल निर्माण कम्पनी बजाजले नेपाली बजारमा पल्सर एन सिरिजको नयाँ दुई मोडल ल्याएको छ । भृकुटीमण्डपमा एक कार्यक्रमको आयोजना गरि पल्सरको नेपालस्थित आधिकारिक बिक्रेता हङ्शराज हुलासचन्द एन्ड कम्पनीले दुई नयाँ मोडेल पल्सर एन १६० र एन १२५ सार्वजनिक गरेको हो । यी दुवै मोडलहरू अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनसहित बजारमा ल्याइएको कम्पनीले […]

Apr 29, 2025 - 11:31
 0
बजाजले नेपाली बजारमा ल्यायो पल्सर एन १६० र एन १२५

काठमाडौं । भारतीय मोटरसाइकल निर्माण कम्पनी बजाजले नेपाली बजारमा पल्सर एन सिरिजको नयाँ दुई मोडल ल्याएको छ ।

भृकुटीमण्डपमा एक कार्यक्रमको आयोजना गरि पल्सरको नेपालस्थित आधिकारिक बिक्रेता हङ्शराज हुलासचन्द एन्ड कम्पनीले दुई नयाँ मोडेल पल्सर एन १६० र एन १२५ सार्वजनिक गरेको हो ।

यी दुवै मोडलहरू अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनसहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

पल्सर एन १६० मा १६४.८२ सिसि क्षमताको ४ स्ट्रोक, सिङ्गल सिलिन्डर, २ भल्भयुक्त एअर-कुल्ड इन्जिन जडान गरिएको छ ।

यो मोटरसाइकलले ८७५० आरपीएममा १६ पिएस पावर र ६७५० आरपीएममा १४.६५ एनएम टर्क प्रदान गर्छ । ५ स्पीड गियरबक्स रहेको यो बाइकमा अगाडिको सस्पेन्सनका लागि ३७ मिमीको यूएसडी फोर्क र पछाडि नाइट्रोक्स मोनोशक सस्पेन्सन राखिएको छ ।

यसमा अगाडि ३०० मिमी र पछाडि २३० मिमीको डिस्क ब्रेक एबिएस सहित प्रयोग गरिएको छ । बाइकको १६५ मिमी ग्राउण्ड क्लियरेन्स र १४ लिटर क्षमताको इन्धन ट्याङ्की रहेको छ ।

यो बाइकमा टिबीटी नेभिगेसन, एबिएस राइड मोड्स, बाय-फङ्सनल एलईडी प्रोजेक्टर हेडलाइट, एलईडी डीएलआर, एलईडी टेललाइट र यूएसबी मोबाइल चार्जिङजस्ता स्मार्ट सुविधाहरू रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी पल्सर एन १२५ मा १२४.४ सि.सि. क्षमताको एयर-कुल्ड, सिङ्गल स्पार्क, २ भल्भ इन्जिन रहेको छ । यसले ८५०० आरपीएममा १२ पिएस पावर र ६००० आरपीएममा ११ एनएम टर्क दिन्छ ।

यो बाइकमा पनि ५-स्पीड गियरबक्स सहित एफआई सिस्टम राखिएको छ । पल्सर एन १२५ मा अगाडि २४० मिमीको डिस्क ब्रेक र पछाडि १३० मिमीको ड्रम ब्रेक सिबिएस सिष्टमसहित दिइएको छ ।

टेलिस्कोपिक अगाडिको सस्पेन्सन (१२५ मिमी स्ट्रोक) र मोनोशक पछाडिको सस्पेन्सन (१०० मिमी स्ट्रोक) राखिएको छ ।

यस मोडलमा एलइडी हेडलाइट, एलइडी टेललाइट, ब्लुटुथ कनेक्टिभिटीसहितको डिजिटल कन्सोल, मोनोक्रोम एलसिडी डिस्प्ले, कल रिसिभ/रिजेक्ट र मिस्ड कल तथा मेसेज नोटिफिकेसनजस्ता फिचरहरू समावेश छन् ।

यो मोडेलमा १२९५ मिमी ह्वीलबेस, ७९५ मिमी सिट उचाइ, १६५ मिमी ग्राउण्ड क्लेरेन्स र ९.५ लिटरक्क इन्धन ट्याङ्की रहेको छ । बजाजले यी नयाँ मोडलहरू नेपाली युवाहरुको स्टाइल, सुविधा र प्राविधिक चाहनालाई ध्यानमा राख्दै बजारमा ल्याएको कम्पनीको दाबी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register