पाकिस्तानको राष्ट्रिय सुरक्षा सल्लाहकारमा आईएसआई प्रमुख मलिक नियुक्त

एजेन्सी । जम्मु–काश्मिरको पहलगाममा भएको आतङ्कवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको तनावका बीच पाकिस्तानले गुप्तचर निकाय आईएसआईका प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद असिम मलिकलाई नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ। अप्रिल २०२२ मा मोइद युसुफले पद छोडेपछि पाकिस्तानको राष्ट्रिय सुरक्षा सल्लाहकारको पद रिक्त थियो। पाकिस्तानले अप्रिल २९ मा नै मलिकलाई सुरक्षा सल्लाहकारमा नियुक्त गरेपनि यसको […]

May 1, 2025 - 04:19
 0
पाकिस्तानको राष्ट्रिय सुरक्षा सल्लाहकारमा आईएसआई प्रमुख मलिक नियुक्त

एजेन्सी । जम्मु–काश्मिरको पहलगाममा भएको आतङ्कवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको तनावका बीच पाकिस्तानले गुप्तचर निकाय आईएसआईका प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद असिम मलिकलाई नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ।

अप्रिल २०२२ मा मोइद युसुफले पद छोडेपछि पाकिस्तानको राष्ट्रिय सुरक्षा सल्लाहकारको पद रिक्त थियो।

पाकिस्तानले अप्रिल २९ मा नै मलिकलाई सुरक्षा सल्लाहकारमा नियुक्त गरेपनि यसको जानकारी बुधबार राति मात्र सार्वजनिक गरिएको हो। असिम मलिक गत सेप्टेम्बर २०२४ मा आईएसआईको प्रमुखमा नियुक्त भएका थिए।

यो नयाँ नियुक्तिसँगै मलिकले अब आईएसआई प्रमुखको जिम्मेवारीसँगै राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिका पनि निर्वाह गर्नेछन्।

यसअघि बुधबार मात्रै भारतले पनि आफ्नो राष्ट्रिय सुरक्षा बोर्डलाई पुनर्गठन गरेको थियो। भारतले गुप्तचर संस्था रिसर्च एन्ड एनालिसिस विंग (रअ) का पूर्व प्रमुख आलोक जोशीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको छ। अब भारतीय एनएसएबीमा स्थल, जल र वायुसेनाका पूर्व अधिकारीसहित पूर्व कूटनीतिज्ञ र पूर्व आईपीएस अधिकारी गरी ६ सदस्य रहनेछन्। यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी क्याबिनेट बैठकले गरेको हो।

दुई देशले एकै समयमा सुरक्षा सल्लाहकारमा नयाँ नियुक्ति गर्नुलाई क्षेत्रीय सुरक्षा र आतङ्कवादविरुद्धको साझा प्रयासका रूपमा हेरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register