आईएफसी र उद्योग वाणिज्य महासङ्घबीच सहकार्यमा जोड

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल उद्योग वाणिज्य महासङ्घबीच नेपालको आर्थिक विकास, रोजगारी तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ । आईएफसीका दक्षिण एशिया क्षेत्रका म्यानेजर ग्रेगोरी स्मिथ तथा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालबीच महासङ्घ सचिवालयमा भएको भेटवार्ता भएको हो । वार्तामा आईएफसीका दक्षिण एशिया क्षेत्रका म्यानेजर स्मिथले नेपालको आर्थिक विकासमा […]

May 1, 2025 - 06:28
 0
आईएफसी र उद्योग वाणिज्य महासङ्घबीच सहकार्यमा जोड

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल उद्योग वाणिज्य महासङ्घबीच नेपालको आर्थिक विकास, रोजगारी तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ ।

आईएफसीका दक्षिण एशिया क्षेत्रका म्यानेजर ग्रेगोरी स्मिथ तथा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालबीच महासङ्घ सचिवालयमा भएको भेटवार्ता भएको हो ।

वार्तामा आईएफसीका दक्षिण एशिया क्षेत्रका म्यानेजर स्मिथले नेपालको आर्थिक विकासमा नेपाल उद्योग वाणिज्य महासङ्घसँग सहकार्य गर्न आईएफसीका तयार रहेको बताए । उनले नेपालको निजी क्षेत्रलाई सबल बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय वित्त निगमले ज्ञान साझेदारी, साना तथा मझौला उद्यमहरूको क्षमता विकास, र युवाहरूका लागि अर्थपूर्ण रोजगारीका मार्ग सुनिश्चित गर्न सहकर्य गर्न सकिने बताए ।

महासङ्घका उपाध्यक्ष ढकालले विगतमा पनि आईएफसीसँगको सहकार्यमा विभिन्न काम गरेको जानकारी गराउँदै नेपालको निजी क्षेत्रको सुदृढीकरणका लागि आईएफसीको सहयोगप्रति आभार व्यक्त गरे ।

“सन् २०२२ मा महासङ्घ र अन्तर्राष्ट्रिय वित्त निगमले संयुक्त रूपमा तयार पारेको “नेपालको निजी क्षेत्रको अवस्था” सम्बन्धी प्रतिवेदनलाई विशेष महत्वको रूपमा लिएका छौं । उक्त अध्ययनले नेपालको निजी क्षेत्रका शक्ति, चुनौती र सम्भावनाहरूलाई उजागर गर्दै नीति निर्माण र लगानीका लागि मार्गनिर्देशक भूमिका खेलेको छ,” ढकालले भने ।

महासङ्घको लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले निजी क्षेत्रले पर्यटन, सूचना प्रविधि, कृषि, शिक्षा तथा स्वास्थ्य लगायतका क्षेत्रहरूमा उल्लेखनीय योगदान गरेको बताउँदै आईएफसीसँगको सहकार्यले निजी क्षेत्रको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register