नेपाल एफएटीएफको कालोसूचीमा पर्ने खतरा छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल एफएटीएफको कालोसूचीमा पर्ने खतरा रहेको बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । भ्रष्टाचार बढेको र कालो धन शुद्धिकरण गर्ने क्रम बढेकोले फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ)ले नेपाललाई ग्रेलिष्टमा राखेको बताउँदै प्रचण्डले यसबाट बाहिर निस्किने कुनै योजना नबनाएको बताए । […]

May 5, 2025 - 09:04
 0
नेपाल एफएटीएफको कालोसूचीमा पर्ने खतरा छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल एफएटीएफको कालोसूचीमा पर्ने खतरा रहेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

भ्रष्टाचार बढेको र कालो धन शुद्धिकरण गर्ने क्रम बढेकोले फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ)ले नेपाललाई ग्रेलिष्टमा राखेको बताउँदै प्रचण्डले यसबाट बाहिर निस्किने कुनै योजना नबनाएको बताए ।

२ वर्ष पछिमात्र ग्रे लिष्टबाट हट्ने लक्ष्य राखिनुले सरकारको नियत र गैरजिम्मेवार चरित्र देखिएको उनको भनाइ छ ।

उनले भने, “अवैध कारोबार, राजस्व छली, भ्रष्टाचार, सरकारी सम्पत्तिको दोहन र अनियमिततामा संलग्नहरुलाई कारबाही गर्नसके मात्र देश सम्पत्ति शुद्धिकरणको ग्रे लिष्टबाट निस्कन सक्दछ । म खबरदारी गर्न चाहन्छु, सरकारका काम र यो विषयलाइ नीतिगत प्राथमिकता देओस् नत्र देश ग्रे लिष्टबाट बाहिर निस्कनुको सट्टा कालो सूचिमा पर्ने खतरा बढ्ने छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register