नीति तथा कार्यक्रमबारे प्रचण्डको प्रश्न : सरकारको प्राथमिकता के हो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रम परम्परा धान्न मात्र आएको बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रसामु देखिएका जटिलता, जनस्तरमा चुलिएको असन्तोषलाई सरकारले सम्बोधन गर्न नसकेको बताए । उनले सरकारको प्राथमिकता के हो भन्दै प्रश्नसमेत गरे । प्रचण्डले भने, “सरकारको नीति तथा कार्यक्रमले सरकारको सोच […]

May 5, 2025 - 09:01
 0
नीति तथा कार्यक्रमबारे प्रचण्डको प्रश्न : सरकारको प्राथमिकता के हो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रम परम्परा धान्न मात्र आएको बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रसामु देखिएका जटिलता, जनस्तरमा चुलिएको असन्तोषलाई सरकारले सम्बोधन गर्न नसकेको बताए ।

उनले सरकारको प्राथमिकता के हो भन्दै प्रश्नसमेत गरे ।

प्रचण्डले भने, “सरकारको नीति तथा कार्यक्रमले सरकारको सोच र राष्ट्रको दिशा निर्देशित गर्दछ । सरकार के सोचिरहेको छ ? देशलाई कहाँ लैजान खोजिरहेको छ ? राष्ट्रका सामु देखिएका समस्याहरुलाई कसरी हल गर्न खोजिरहेको छ ? सरकारको प्राथमिकता के हो ? र, त्यसका लागि कुन नीतिमार्फत के कस्ता कार्यक्रम अगाडि ल्याउन चाहन्छ भन्ने कुराको ऐना हो नीति तथा कार्यक्रम ।”

सरकारको ध्यान आलोचना गर्नेहरुलाइ थुन्ने, पदबाट निकाल्ने, प्रतिशोध साँध्ने अनि गठबन्धन निर्माणका सूत्राधारहरुको स्वार्थमा एकपछि अर्को निर्णय गर्नमा मात्रै रहेको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register