प्रधानमन्त्री ओली र काङ्ग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई नेताबीच पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा सकारात्मक छलफल भएको बताइएको छ। भेटका अवसरमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका मानवअधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलको पनि उपस्थिति […]

May 5, 2025 - 16:07
 0
प्रधानमन्त्री ओली र काङ्ग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई नेताबीच पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा सकारात्मक छलफल भएको बताइएको छ।

भेटका अवसरमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका मानवअधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलको पनि उपस्थिति थियो।  दुई शीर्ष नेताबीचको यो भेटलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register