‘ब्रेस्ट ट्युमर’लाई जित्दै ‘मिस वर्ल्ड’को ताज लगाएकी सुचाता

काठमाडौं । थाइल्यान्डकी सुचाता ओपाल चुआङ्श्रीले भारतको हैदराबादमा आयोजित ७२ औँ मिस वर्ल्ड (विश्व सुन्दरी) २०२५ को उपाधि जितेकी छिन् । उनको जितले थाइल्यान्डलाई पहिलोपटक मिस वल्र्डको ताज जिताउने गौरव प्राप्त गराएको छ । २१ वर्षीया सुचाताले शनिबार १०८ जना प्रतिस्पर्धीलाई पछि पार्दै यो उपलब्धि हासिल गरेकी हुन् । यस्तो छ पृष्ठभूमि सन् २००३ सेप्टेम्बर […]

Jun 1, 2025 - 13:13
 0
‘ब्रेस्ट ट्युमर’लाई जित्दै ‘मिस वर्ल्ड’को ताज लगाएकी सुचाता

काठमाडौं । थाइल्यान्डकी सुचाता ओपाल चुआङ्श्रीले भारतको हैदराबादमा आयोजित ७२ औँ मिस वर्ल्ड (विश्व सुन्दरी) २०२५ को उपाधि जितेकी छिन् । उनको जितले थाइल्यान्डलाई पहिलोपटक मिस वल्र्डको ताज जिताउने गौरव प्राप्त गराएको छ । २१ वर्षीया सुचाताले शनिबार १०८ जना प्रतिस्पर्धीलाई पछि पार्दै यो उपलब्धि हासिल गरेकी हुन् ।

यस्तो छ पृष्ठभूमि

सन् २००३ सेप्टेम्बर २० मा फुकेत प्रान्तमा जन्मिएकी सुचाता थानेत डोन्कामनेर्ड र सुपत्रा चुआङ्श्रीकी छोरी हुन् । उनका परिवार फुकेतको थालांगमा व्यवसाय सञ्चालन गर्छन् । सुचाताले त्रियम उदोम सुक्सा स्कुलबाट चिनियाँ भाषामा दक्षता हासिल गरेकी छिन् । हाल उनी थाम्मासाट विश्वविद्यालयमा राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक अध्ययन गर्दैछिन् ।

सुचाताको जीवनमा मात्र १६ वर्षको उमेर हुँदा एउटा दुःखद क्षण आइलाग्यो । उनको दाहिने स्तनमा गाँठो (ट्युमर) भेटिएको थियो । डाक्टरको सल्लाहमा उनले शल्यक्रिया गरेर त्यो गाँठो हटाइन् । भाग्यवश, त्यो गाँठो क्यान्सर नभएको प्रमाणित भयो । मिस वल्र्डको ब्युटी विथ पर्पोजमा उनले यसबारे बताएकी छिन् ।

यस घटनाले सुचाताको जीवनलाई नयाँ दिशा दियो । उनले स्तन क्यान्सरका बारेमा जनचेतना फैलाउने काममा आफूलाई समर्पित गरिन् । उनले ‘ओपाल फर हर’ नामक प्रोजेक्ट सुरु गरी स्तन क्यान्सरसम्बन्धी सचेतना फैलाउन सुरु गरिन् । यस प्रोजेक्टबाट प्राप्त रकम उनले क्यान्सर अस्पताललाई दान गर्ने गरेकी छिन् ।

सुचाताको सौन्दर्य प्रतियोगिता यात्रा सन् २०२१ मा मिस रतनाकोसिनबाट सुरु भएको थियो । उनी मिस युनिभर्स २०२२ थाइल्यान्डमा तेस्रो रनर–अप, २०२४ को मिस युनिभर्स थाइल्यान्डको ताज विजेता, मिस युनिभर्स २०२४ मा तेस्रो रनर–अप, २०२५ को अप्रिलमा मिस वल्र्ड थाइल्यान्डको ताज विजेतासँगै अहिले मिस वल्र्ड २०२५ को विजेता बनेकी हुन् ।

सुचाताले अप्रिल २०२५ मा मिस वल्र्ड थाइल्यान्डको ताज जितेपछि मिस युनिभर्स सङ्गठनले उनको मिस युनिभर्स २०२४ तेस्रो रनर–अपको उपाधि फिर्ता लिएको थियो । यो कारबाही उनले अर्को प्रतियोगितामा भाग लिएकाले गरिएको थियो, जुन मिस युनिभर्सको नियमविपरीत थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register