तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दियो : एक युवतीको मृत्यु, तीनजना घाइते

काठमाडौं । पेप्सीकोलाबाट रत्नपार्कतर्फ आउँदै गरेको बा३ख ७०६२ नम्बरको बसले बिहीबार बिहान तीनकुनेमा मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । बसको ठक्करबाट मोटरसाइकलमा सवार नुवाकोटकी २३ वर्षीया नगिना तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले बताए । मोटरसाइकल चालक रामेछापको […]

May 8, 2025 - 05:15
 0
तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दियो : एक युवतीको मृत्यु, तीनजना घाइते

काठमाडौं । पेप्सीकोलाबाट रत्नपार्कतर्फ आउँदै गरेको बा३ख ७०६२ नम्बरको बसले बिहीबार बिहान तीनकुनेमा मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार नुवाकोटकी २३ वर्षीया नगिना तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले बताए ।

मोटरसाइकल चालक रामेछापको दोरम्बाका २७ वर्षीय पदम थापामगर, भ्यानका चालक काभ्रेपलाञ्चोक मण्डनदेउपुरका ३५ वर्षीय रत्नबहादुर सार्की, ठक्कर दिने बसमा सवार दोलखा गौरीशङ्करकी २४ वर्षीया मेनुका बुढाथोकी घाइते भएका छन् ।

प्रहरीले बस चालक रामकुमार खड्का, भ्यान र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register