आईपीओमा कमिसनका विषयमा छानबिन गर्दै अख्तियार, हाइड्रो व्यवसायी भेट्दै बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठ ! 

काठमाडौँ । हाइड्रोपावर कम्पनीको आईपीओ स्वीकृतिका लागि कमिसन मागेको विषयमा अख्तियारले अनुसन्धान सुरु गरेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र हाइड्रोपावर व्यवसायीबीच भेट भएको पाइएको छ ।  अनुसन्धानका क्रममा अख्तियारले बोर्डमा छापा मारेर बुधबार दिउँसो पाइपलाइनमा भएका कम्पनीहरुको फाइल जफत गरेपछि साँझ अध्यक्ष श्रेष्ठले र हाइड्रोपावर व्यवसायीलाई भेटेका हुन् ।  अध्यक्ष श्रेष्ठमाथि […]

May 8, 2025 - 04:54
 0
आईपीओमा कमिसनका विषयमा छानबिन गर्दै अख्तियार, हाइड्रो व्यवसायी भेट्दै बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठ ! 

काठमाडौँ । हाइड्रोपावर कम्पनीको आईपीओ स्वीकृतिका लागि कमिसन मागेको विषयमा अख्तियारले अनुसन्धान सुरु गरेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र हाइड्रोपावर व्यवसायीबीच भेट भएको पाइएको छ । 

अनुसन्धानका क्रममा अख्तियारले बोर्डमा छापा मारेर बुधबार दिउँसो पाइपलाइनमा भएका कम्पनीहरुको फाइल जफत गरेपछि साँझ अध्यक्ष श्रेष्ठले र हाइड्रोपावर व्यवसायीलाई भेटेका हुन् । 

अध्यक्ष श्रेष्ठमाथि आईपीओ स्वीकृतिका लागि सात प्रतिशतसम्म कमिसन मागेको आरोप छ । सो आरोप स्वतन्त्र उर्जा उत्पाकदको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीसहितका पदाधिकारीले लगाएका थिए । बोर्ड अध्यक्ष श्रेष्ठले हाइड्रो व्यवसायीसँग करिब दुई घण्टा छलफल भएको स्रोतको दाबी छ । 

करिब दुई घण्टा लामो छलफल भए पनि कुनै सहमति वा सम्झौता नगरेको इप्पानका अध्यक्ष कार्कीले बताएका छन् । सुरुमा बोर्ड अध्यक्षले कमिसनको कुरा झुठो भएको दाबी गरे पनि पछि प्रमाणसहित सो कुरा देखाएपछि अध्यक्षले आगामी दिनमा सिरियस भएर आईपीओ स्वीकृतिको काम अघि बढाउने बताएको छलफलमा सहभागी एक अधिकारीले बताएका छन् । यद्यपि, लेखा समितिको निर्देशनका कारण आईपीओ स्वीकृति दिन अफ्ठ्यारो भएको केही कर्मचारीले ब्रिफिङ गरेका थिए । 

कमिसनको चर्चापछि अख्तियारले बोर्डबाट आईपीओको पाइपलाइनमा रहेका ८९ कम्पनीको सूची र फाइलसँगै थप कागजात पनि नियन्त्रणमा लिएको छ । कागजात नियन्त्रण लिनुका साथै अख्तियारले बोर्डका उच्च अधिकारीसँग करिब ४ घण्टा बयान लिएको समेत बोर्डकै एक कर्मचारीले बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register