खोटाङमा नौं दिने निःशुल्क आँखा शल्यचिकित्सा शिबिर सुरु

खोटाङ । नेपाल नेत्रज्योति संघ खोटाङले यो महिना जिल्लाका तीन ठाउँमा नौं दिन सञ्चालन गर्ने निःशुल्क आँखा शल्यचिकित्सा शिविर सुरु भएको छ । संघले सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोग र केपिलासगढी गाउँपालिकाको बन्दोबस्तीमा बाक्सिलाबारबाट शिविर सुरु गरेको हो । बाक्सिलाबजारस्थित स्वास्थ्य चौकीमा सोमबारदेखि शिविर सुरु भएको तीनदिने शिबिरको पहिलो दिन १ सय ६९ […]

Mar 20, 2025 - 03:32
 0
खोटाङमा नौं दिने निःशुल्क आँखा शल्यचिकित्सा शिबिर सुरु

खोटाङ ।

नेपाल नेत्रज्योति संघ खोटाङले यो महिना जिल्लाका तीन ठाउँमा नौं दिन सञ्चालन गर्ने निःशुल्क आँखा शल्यचिकित्सा शिविर सुरु भएको छ । संघले सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोग र केपिलासगढी गाउँपालिकाको बन्दोबस्तीमा बाक्सिलाबारबाट शिविर सुरु गरेको हो ।

बाक्सिलाबजारस्थित स्वास्थ्य चौकीमा सोमबारदेखि शिविर सुरु भएको तीनदिने शिबिरको पहिलो दिन १ सय ६९ जना नागरिकले आँखा जाँच गराएका छन् । शिविरमा १५ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ । १ सय ४० जनाले निःशुल्क आँखा सम्बन्धी रोगको औषधि लगेको र ८ जना ज्येष्ठ नागरिकले पावरसहितको चस्मा निःशुल्क लैजानु भएको नेत्र ज्योति संघ जिल्ला कार्य समिति खोटाङका सभापति इन्द्र कसजुले बताउनुभयो ।

सगरमाथा चौधरी आँखा अस्पताल लाहानका मुख्य शल्यचिकित्सक दिवाकर चौधरीसहित १५ जना चिकित्सक टोलीले शिबिरमा सेवा प्रदान गरिरहेका छन् । आफ्नै गाउँठाउँमा भएको शिविरबाट गाउँपालिकाभित्रका दृष्टिविहिन, न्यून दृष्टि र मोतिविन्दु भएका बिरामीहरुले लाभ लिईरहेको गाउँपालिका अध्यक्ष समिर राईको भनाई छ । यही चैत्र ९, १० र ११ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको समन्वयमा दिक्तेलबजार र चैत–१४, १५ र १६ गते हलेसी तुवाचुङ नगरपालिकासँगको समन्वयमा हलेसीबजारमा निःशुल्क शिविर सञ्चालनको तयारी छ ।

जिल्लामा एक हजार ५ सय ४२ जना व्यक्तिमा अन्धोपनाको समस्या रहेको सर्वेक्षणले देखाएको छ । उनीहरुलाई संसार देखाउने उद्देश्यले निःशुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ ।

शिविरमा शल्यक्रिया गराएका बिरामी र कुरुवाका लागि खाना, खाजा र वासको समेत व्यवस्था गरिएको बताईएको छ । संघले यसअघि पनि जिल्लामा निःशुल्क आँखा उपचार सेवा शिबिरहरु सञ्चालन गर्दै आएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register