भारत-पाकिस्तान द्वन्द्वमा लाखौं मानिसको मृत्यु हुन सक्थ्यो : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायम राखेकोमा भारत र पाकिस्तानको प्रशंसा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा एक पोष्टमार्फत भनेका छन्, “म भारत र पाकिस्तान दुवैको बलियो र दृढ नेतृत्वमा धेरै गर्व गर्छु।” “उनीहरुले सही समयमा बुद्धि र साहस देखाए र यो द्वन्द्व रोक्ने निर्णय गरे, किनकि यो द्वन्द्वले लाखौं […]

May 11, 2025 - 06:43
 0
भारत-पाकिस्तान द्वन्द्वमा लाखौं मानिसको मृत्यु हुन सक्थ्यो : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायम राखेकोमा भारत र पाकिस्तानको प्रशंसा गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा एक पोष्टमार्फत भनेका छन्, “म भारत र पाकिस्तान दुवैको बलियो र दृढ नेतृत्वमा धेरै गर्व गर्छु।”

“उनीहरुले सही समयमा बुद्धि र साहस देखाए र यो द्वन्द्व रोक्ने निर्णय गरे, किनकि यो द्वन्द्वले लाखौं निर्दोष मानिसहरूको मृत्यु र ठूलो क्षति निम्त्याउन सक्थ्यो,” ट्रम्पले थपे ।

अमेरिका यो ऐतिहासिक निर्णयमा पुर्‍याउनलाई मद्दत गर्न सक्षम भएको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register